arrow

शिर झुक्ने गरी काम गर्ने छैन : दीपक गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
Deepak gurungg.jpg

पोखरा । कास्की क्षेत्र १ (ख) का उम्मेदवार दीपक गुरुङ ‘माइला’ ले सोमबार पोखरा-१३ का विभिन्न ठाउँमा घरदैलो गरेका छन् । उनले वडाका चिसोपानी टोल, गौंडाकोमुख, बिपि मार्ग, जय नेपाल मार्ग, उद्गम टोल, बाझापाटन चोक, काँहुखोला पुल-माथि र मियापाटन चौतारा लगायतका क्षेत्रका मतदातासँग भेटघाट गरेका थिए । 

मतदातासँग भेटेर विभिन्न ठाउँमा भएको कोणसभामा उम्मेदवार गुरुङले जनतालाई सपना मात्र बाँड्न नआएको बताए । ‘तपाईको सपना पूरा गर्न आएको हुँ, मेरो होइन,’ उनले भने, ‘पाँच वर्षपछि आउँदा शिर ठाडो हुने काम गरेर आउनेछु ।’

युवालाई स्वदेश मै रोजगारीको अवसर सिर्जना गर्ने आफ्नो मुख्य लक्ष्य रहेको उनले सुनाए । ‘गाउँगाउँ घरदैलोमा जादा बुढाबुढी मात्र भेटिन्छन् । गाउँमा युवाको अभाव छ,’ उनले भने, ‘अब स्वदेशमै अवसरको ढोका खोलेर बुढा बा आमासँगै बस्ने ब्यवस्था मिलाउँछु ।’

यसको साथै पोखरा-१३ मा रहेका धार्मिक मठ, मन्दिर, चर्चको पनि व्यवस्था गर्ने गुरुङले मतदाता माझ प्रतिबद्धता जनाए । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार गुरुङले निर्वाचन अघिल्लो पटकको जस्तो उत्साह जनतामा नदेखिएको बताए । 

‘गतिलो मान्छे अघिल्लो निर्वाचनमा छान्न नसक्दा तपाइलाइ निराशा छाएको छ । अब हाम्लाइ जिताउनुहोस कहिल्यै दुखी बनाउनी छैनौं,’ उनले भने,‘मतदान गर्दा विवेकपूर्ण तरिकाले गर्नुहोला । तपाईसँगै सहकार्य गरेर विकास गर्ने योजना छ ।’ उनले अबको विकास नेपाली गठबन्धनको सरकारबाट हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ