arrow

ट्याक्सीको ठक्करबाट पाँचथरका युवक मलेसियामा मृत्यु

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ भदौ २६ आइतबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर। मलेसियाको जोरभारुमा सवारी दुर्घटनामा परेर  शनिबार राती एक नेपाली युवकको मृत्यु भएको छ।
 
मृत्यु हुनेमा पाँचथर मेमेङ ५ का २४ वर्षिय विक्रम राई रहेका छन्। उनी काम गरेर कोठा फर्कने क्रममा उनको ट्याक्सीको ठक्कर बाट मृत्यु भएको उनका साथी सोमनाथ सुवेदीले जानकारी दिए।
 
उनको चाँडो शव नेपाल ल्याउने सहज प्रक्रिया बनाईदिन परिवारजनले राजदूतावास सित आग्रह गरेका छन्।
 
५ वर्ष अघि नै वैदेशिक रोजगारीमा गएका उनी आउँदो अक्टोबर १ तारिकमा नेपाल आउने तयारीमा थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ