arrow

पुनरावेदन अदालत इलाममा न्यायाधीश कम हुँदा मुद्दाको चाप बढ्यो

logo
प्रकाशित २०७३ भदौ २६ आइतबार
courts.jpeg
इलाम। पुनरावेदन अदालत इलाममा मुद्दाको चाप बढे पनि न्यायाधीशको कमीले कमै मात्रामा मुद्दा फैसला हुने गरेको छ । 
 
विसं २०६६ देखि पाँचजना न्यायाधीश रहने गरेको पुनरावेदन अदालतमा हाल दुईजना मात्र न्यायाधीश रहेका छन् । एकजना न्यायाधीश बिदा बसेमा बेन्च नै खाली हुने गरेको अवस्था रहेको छ । 
 
न्यायाधीश कम हुँदा आव २०७२/७३ मा एक हजार ५२५ मुद्दा रहेकामा ७२९ वटा मुद्दा फैसला भएको पुनरावेदन अदालत इलामका निमित्त रजिष्ट्रार रोशनकुमार भट्टराईले जानकारी दिए । एकजना न्यायाधीश बिदा बस्नुभयो भने मात्र इजलास बस्न नसक्ने हुँदा थोरै समयमा धेरै मुद्दा फैसला गर्नुपर्ने अवस्था सिर्जना भएको छ – भट्टराईले भने । 
 
गत साउन महिनामा २० मुद्दा फैसला भएको यो अदालतमा भदौ महिनामै ११४ मुद्दा फैसला भएको छ । ६२ दिनमा जम्मा १६ दिनमात्र बेन्च बस्न सकेकाले मुद्दा फैसलामा कम भएको र एकैदिन १५ देखि २० वटा मुद्दा फैसला हुने गरेको अदालतका मुख्य न्यायाधीश रमेशकुमार पोख्रेलले बताए ।
 
न्याय प्रशासन संशोधनसम्बन्धी विधेयक सदनमा टेबल भएको र अस्थायी न्यायाधीशहरू पदमुक्त भएका कारण पुनरावेदन अदालतमा न्यायाधीशको सङ्ख्यामा कमी भएको बताइएको छ । 
 
प्रदेशमा उच्च अदालत गठन र हाल रहेका पुनरावेदन अदालतको स्वरूपका बारेमा विधेयक पास भएपछि मात्र व्यवस्था हुने भएपछि तत्कालै न्यायाधीशको सङ्ख्या थप हुने अवस्था नरहेको उनको भनाइ छ । 
एक वर्षदेखि १८ महिनासम्मको मुद्दा ७७ वटा र १८ महिनादेखि दुई वर्ष नाघेको मुद्दा गत साउनमा फछर्यौट भइसकेको अदालतले जनाएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ