arrow

झुटो आश्वासन दिन्न, जिताउनुहोस् धोका पनि दिन्न : दीपक गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
deepak gurung.jpg

पोखरा । कास्की क्षेत्र नं. १ (ख) का प्रदेशसभा उम्मेदवार दिपक गुरुङले ‘माइला’ले पाँच वर्षभित्र आर्वाको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । 

‘अबको पाँच वर्ष आर्वाको विकासको लागि मलाई जिम्मा दिनुहोस् । गुणस्तरीय शिक्षा, खानेपानी, पूर्वाधारमा विकास गर्नेछु,’ उनले भने, ‘म यहाँ तपाईसामु प्रतिबद्धता सुनाउन भन्दा पनि आशिर्वाद लिन आएको हुँ । झुटो आश्वासन दिन्न । जिताउनुहोस् धोका पनि दिन्न ।’ 

मंसिर ४ को निर्वाचनपछि आर्वाको मुहार फेरिने उनले सुनाए । ‘यहाँको बुथबाट एमाले छैन भन्ने अनुभुति दिलाइदिनुहोला । त्यसपछि समस्या समाधान र विकास तर्फ लाग्नेछु,’ उनले भने, ‘आर्बाको समस्या मलाई प्रस्टसँग थाहा छ । मलाई मत दिएर उदाहरणीय काम गर्न दिनुहुनेछ भन्ने विश्वास लिएको छुँ ।’

उनले खानेपानीको समस्यालाई स्थानीय सरकारसँग समन्वय गरेर निकास दिने बताए । पाँच दलका साझा उम्मेदवार गुरुङले आर्वावासीको आधारभूत आवश्यकता पूरा गर्न सधै अग्रसर भएर लाग्ने घोषणा गरे ।

‘निर्वाचन लगत्तै यहाँका वासिन्दाहरुलाई सेतो लालपूर्जा वितरण गरिनेछ । सबै प्रक्रिया पूरा भइसकेको छ । निर्वाचनपछि यसलाई वितरण गरिनेछ,’ उनले भने, ‘पूर्जाको समस्यालाई समस्याको रुपमा नलिनुहोला । पूर्जा पाउनुहुनेछ, ढुक्क हुनुहोस् ।’

उनले देश विकास र संविधान जोगाउन सबै दल मिलेर आएको बताए । देशको ठूलो शक्ति गठबन्धन रहेको हुँदा संविधान रक्षा र समुन्नतको बाटोमा देशलाई लैजाने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ