काठमाडौं। प्रिमियर लिग अन्तर्गत चेल्सीले आज राति स्वान्सीसँग उसैको मैदानमा खेल्दैछ । खेल नेपाली समय अनुसार ८:४५ बजे सुरु हुनेछ ।
अरु भन्दा एक खेल कम खेलेको चेल्सी अंक तालिकाको दोस्रो स्थानमा छ । आजको खेल चेल्सीका लागि निकै महत्वपूर्ण रहने छ । चेल्सीको आजको खेलमा एकमात्र लक्ष्य भनेको नतिजा आफ्नो पोल्टामा पार्दे लिगमा अपराजित यात्रालाई निरन्तर्ता दिनु हो ।
तर पाहुना टोलीको रुपमा वाह्य मैदान र दर्शकबीच नतिजा आफ्नो पक्षमा पार्न चेल्सीलाई त्यति सहज भने हुनेछैन ।
शनिबार घरेलु मैदानमा सिटी विरुद्धको पराजयले म्यानयुको लिगमा अपराजित यात्रा कायम राख्ने सपनामा पूर्णविराम लागेको छ । जारी सिजनमा अब अपराजित यात्रा कायम राख्नेमा शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटी, टोटोनहम् र एभर्टन छन् ।
चेल्सीको पनि अपराजित यात्रा कायम राख्ने सम्भावना जीवितै छ । तर त्यसको छिनोफानो भने आज हुने खेलले गर्नेछ ।
खेल आफ्नो पक्षमा पारेपनि चेल्सीलाई शिर्ष स्थानमा उक्लन भने निकै गाह्रो छ । गोल अन्तरमा चेल्सी सिटीभन्दा निकै पछाडि छ । यद्धपी सम्भावना मरेको भने होइन । चेल्सीले आजको खेलमा ४ गोल गर्न सके ऊ अंक तालिकाको शिर्ष स्थानमा उक्लने छ ।