arrow

मोरङमा शेखरको मृत्यु भएपछि मानबहादुर लिम्बू उम्मेदवार

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ कार्तिक २४ बिहिबार
man-bahadur-limbu-congress-morang.jpg

मोरङ । मोरङ क्षेत्र नम्बर ३ (क) को प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेसले बेलबारी निवासी मानबहादुर लिम्बूलाई टिकट दिने भएको छ । 
लिम्बू नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् । 

उक्त क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको बुधबार डेंगीका कारण मृत्यु भएपछि निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि आज बिहान १० बजे १ बजेसम्मका लागि समय दिएको थियो । 

नेपाली कांग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले लिम्बूले टिकट पाएको बताए । ‘मानबहादुर लिम्बूले टिकट पाउनु भएको छ,’ रायमाझीले भने, ‘मनोनयनको तयारी भइरहेको छ ।’ 

लिम्बूले टिकट पाएसँगै अब एमालेबाट उम्मेदवार बनेका दिलिप राईसँग उनले प्रतिस्पर्धा गर्ने भएका छन् । थापाको बुधबार बिहान १० बजेर ४० मिनेटमा नोबेल अस्पतालमा मृत्यु भएको थियो । 

थापा सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका थिए । असोज २३ गते उम्मेदवारी दर्ता गराउँदा नै थापा बिरामी थिए । उनलाई काठमाडौंस्थित ह्याम्स अस्पतालमा १७ दिन आईसीयू र ५ दिन वार्डमा राखेर उपचार गरिएको थियो । थापालाई क्याप्सिका निमोनिया भएको थियो । त्यस्तै डेंगी पनि थपिएको थियो । उनलाई गत सोमबार बेड रेस्टको लागि भन्दै नोबेल अस्पताल ल्याइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ