arrow

भारत भ्रमणबारे ओलीले प्रचण्डलाई बुझाएको पत्रमा के छ ?

फास्ट ट्र्याक नेपालकै लगानीमा बनाउने गरी स्रोत परिचालन् गर्नुस्

logo
प्रकाशित २०७३ भदौ २६ आइतबार
oli-letter-giuve-by-pm.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको सन्दर्भलाई लिएर प्रमुख विपक्षी एमालेले १३ बुँदे माग सहितको ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
 
एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओली नेतृत्वमा पूर्व प्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल सहितको उच्च स्तरीय प्रतिनिधि मण्डल ध्यानाकर्षणपत्र बुझाउन बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेको होे । शनिबार बसेको एमाले स्थायी समितिको बैठकले नेपालको अहितमा सम्झौता हुन नदिन भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । 
 
एमालेले नेपालको हित अनुकुल विचार र दृष्टिकोण राखियोस् भन्दै सन् १०५० को सन्धि र त्यस सम्बन्धमा भएका पत्राचारहरुको पुनरावलोकन र अद्यावधिक गर्ने विषयमा स्पष्ट विचार राख्न माग गरेको छ । 
 
यस्तै, कानूनी सहायता तथा सुपर्दगी सन्धीमा नेपालले लामो समयदेखि नेपालका अदालतमा विदेशी कानून व्यवसायीहरुले बहस–पैरवी गर्नपाउने तथा तेस्रो मुलुकको नागरिकलाई सुपुर्दगी गर्ने भन्ने प्रावधानहरु हटाइयोस् भनी राख्दै आएको अडान् कायमै राख्नु पर्ने र काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्र्याक) नेपाल सरकारले आफै निर्माण गर्ने गरी स्रोत परिचालन गर्दै राष्ट्रिय हितका आधारमा अघि बढाउनु पर्नेमा जोड दिएको छ । 
 
हुलाकी राजमार्गको यथाशीघ्र निर्माणका लागि भारत सरकारको सहयोबारे स्पष्ट पार्नुपर्ने र यो मार्गको भविष्य अनिश्चित हुने कुनै काम गर्न नुहनेमा समेत एमाललेले जोड दिएको छ । 
 
एमालेको ध्यानाकर्षण पत्र बुझेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले भने,  ‘एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली ज्यूसहितको उच्च स्तरीय प्रतिनिधि मण्डललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा न्यानो स्वागत गर्न चाहन्छु । यो ध्यानाकर्षणप्रति हार्दिक धन्यवाद दिन चाहन्छु । मेरो भारत भ्रमणको सन्दर्भमा दिइएको यो पत्रलाई सहयोगका रुपमा बुझेको छु, यसले मलाई सहयोग गर्नेछ ।’ 
 
यसलाई मैले सकारात्मक रुपमा लिएको छु । मैले भारत भ्रमणका सन्दर्भमा विभिन्न ढंगले छलफल र सुझाव लिने क्रम सुरु गरेको छु । दाहालले थपे, ‘बिहान पनि यसै विषयमा संसदको समितिमा कुरा राखेको छु । भ्रमणमा जानु अघि यही भदौ २८ गते बिहान पूर्व प्रधानमन्त्रीज्यूहरुसँग र त्यसपछि प्रमुख राजनीतिक दलका साथीहरुसँग यसै विषयमा छलफल गर्न खबर पठाइसकेको छु ।
 
भ्रमणमा जानु अघि साझा धारणा बनाएर जाने र यो भ्रमणलाई राष्ट्रका पक्षमा फलदायी बनाउन मेरो प्रयास रहनेछ ।’ तर, अहिले भारत भ्रमणका सन्दर्भमा मेरो मूल भावना र विचारलाई अपमानित गर्ने तथा बदनाम गर्ने ढंगले केही पक्षबाट भइरहेको प्रचारवाजीले भने मलाई दुखितःतुल्याएको छ ।
 
पूर्व प्रधानमन्त्री केपी ओलीजी आफै आएर जसरी सुझावहरु राख्नु भयो, यसमा म आभार व्यक्त गर्दछु । ओलीजीले ढोका खोल्नु भयो यसप्रति धन्यवाद व्यक्त गर्दछु ।’
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ