arrow

राजधानी क्यानबेरामा दिनभर विरोध पर्दशन

logo
प्रकाशित २०७२ मंसिर १८ शुक्रबार
अस्ट्रेलिया । एक महिने लामो बिरोध कार्यक्रम अन्र्तगत एनआरएन अस्ट्रेलियाको आब्हानमा अस्ट्रेलियानभर छरिएर रहेका नेपाली समुदायको उपस्थीतीमा राजधानी क्यानबेरामा विरोध पर्दशन भएको छ । सिडनी , मेलवर्न र ब्रिसबेनदेखि आएका नेपाली समाजका सदस्यहरुले राजधानी क्यानबेरास्थीत अस्ट्रेलियाली संसद अगाडी र भरातिय राजदुतावासमा संयुक्त रुपमा नकाबन्दीबिरुद्ध प्रदंशन गरेका थिए ।
 
 भूपरिवेष्ठित नेपालमाथि अघोषित नाकाबन्दी लगाएर भारतले मानवीय संकट निम्त्याएको भन्दै उनीहरुले करिब डेढ घण्टा संसद भवन बाहिर नाराबाजी गर्दै भारतीय हस्तक्षेपको विरोध गरेका हुन । करिब २ सय नेपाली सहभागी भएको यस प्रदर्शनले नेपालको समस्यालाई अष्ट्रेलियामा रहेका दलहरु, सरकार र अन्तर्रा्ष्ट्रिय नियोगसम्म जानकारी पुगेको छ भने उनीहरुले पनि मानव अधिकार र भूपरिवेष्ठित मुलुकले पाउने अधिकारको बारेमा आवाज उठाउने आश्वासन दिएको छ । एनआरएन अष्ट्रेलियाको अगुवाईमा नेपाली समूदायका सदस्यहरुले अष्ट्रेलियाका विभिन्न राज्यबाट संकलन गरिएको हस्ताक्षरसहित ज्ञापनपत्र समेत बुझाएका थिए । भारतीय दूतावासले भने ज्ञापनपत्र बुझ्न मानेन । माथिबाट नै ज्ञापन नलिनुभन्ने आदेश आएको भन्दै दूतावासका कर्मचारी सम्पर्क्विहीन बनेका थिए ।” एनआरएनका अध्यक्ष सुरेन्द्र सिग्देलले बताएएनआरएन अष्ट्रेलियाका अध्यक्ष सिग्देलले नेपालभित्रको समस्या वार्ता र सम्वादको माध्यमबाट शान्तिपूर्ण रुपमा समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत नेपाली राजदुतावास मार्फत ज्ञापनपत्र पठाइएको सदस्य छबी सापकोटाले बताए  ।
 
भारतलाई तत्काल अघोषित नाकाबन्दी अन्त्यका लागि दबाब दिन गरिएको आग्रहमा विपक्षी लेबर पार्टीका मिशेल रोल्याण्डले नेपालीको पीडामा सदैव साथ रहेको भन्दै यस विषयलाई छिटोभन्दा छिटो अघि बढाउने आश्वासन दिएको कुरा एनआरएनका कार्यकारी सदस्य सापकोटाले बताए । संयुक्त राष्ट्रसंघको क्यानबेरास्थित कार्यालय बाहिर प्रदर्शन गरेका नेपाली समूदायको प्रतिनिधित्व गर्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, उपाध्यक्ष दिनेश पोखरेलले प्रतिनिधीसगं भेट गरी नेपालका विषयमा संयुक्त राष्ट्रसंघले उठाएका कदमको प्रशंसा गर्दै गम्भीर कदम  चाल्न ध्यानाकर्षण गराएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ