arrow

अष्ट्रेलियामा मोहनलाई जुडो स्वर्ण

logo
प्रकाशित २०७३ भदौ २६ आइतबार
judo-gold-new.jpeg
काठमाडौं । सिड्नी इन्टरनेसनल खुला जुडो च्याम्पियनसिपको कातामा मोहन बमले स्वर्ण जितेका छन् । अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहनले अस्टे«लियाकै एडमन्ड युनसंग मिलेर ‘नागे नो’ कातामा स्वर्ण जितेका हुन् । मोहनले अन्तर्राष्ट्रिय जुडोमा नागे नो कातामा स्वर्ण जितेको यो दोश्रो पटक हो ।
 
भिक्टोरियाको सेन्सी जुडो एकेडेमीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागि भएका मोहनले ६० केजीमुनि तौल समूहमा भने रजतमा चित्त बुझाए । कुल ९ प्रतिस्पर्धी सहभागी उक्त स्पर्धामा मोहन फाइनलमा ब्रायन जोलीसंग पराजित भए । सोही स्पर्धामा अस्ट्रेलियामै बस्दै आएका अर्का नेपाली जुडो खेलाडी खेमबहादुर थापाले कांस्य जिते ।
 
मोहन र खेमले अर्को साता अस्ट्रेलियामै हुने साउथ अस्ट्रेलियन अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्ने बताइएको छ ।



नयाँ