arrow

सरकारले गर्‍याे एकै पटक १२ सचिवको सरुवा, मुकेश काफ्लेको राजीनामा स्वीकृत (नामावलीसहित)

logo
प्रकाशित २०७३ भदौ २६ आइतबार
Dahal-cabinet-new.jpeg
काठमाडौं । सरकारले एकै पटक १२ सचिवको सरुवा गरेको छ । सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एकै पटक १२ सचिवको सरुवा गरेको हो ।
 
यस्तै, मन्त्री परिषद्ले भवन संहिता राजपत्रमा प्रकाशित गरी लागु गर्ने निर्णय गरेको छ भने, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि प्रसाद मिम्सिनाले जानकारी दिए ।
 
यस्तै, सरकारले योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ । नियुक्त हुनेहरुमा हिरेन्द्रमान प्रधान, स्वर्णिम वाग्ले र प्रभु बुढाथोकी छन् । वाग्ले यसअघि पनि सदस्य बनिसकेका छन् । 
 
सरुवा हुनेहरुको नामावली 
१. गोपीनाथ मैनाली (क्षेत्रीय प्रशासन कार्यालय पोखराबाट–निर्वाचन आयोग) 
२. शंकरप्रसाद अधिकारी (सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट– पर्यटन मन्त्रालय) 
३. शारदाप्रसाद त्रिताल (निर्वाचन आयोगबाट –सहकारी तथा गरिबी निवारण) 
४. श्रीधर सापकोटा ( आपूर्ति मन्त्रालयबाट–रक्षामन्त्रालय) 
५. लक्ष्मण मैनाली (खेलकुदबाट–श्रम मन्त्रालय) 
६. मधु रेग्मी (महिला बालबालिकाबाट–लोक सेवा आयोग)
७. विष्णु लम्साल ( श्रम मन्त्रालयबाट–लोकसेवा आयोगको कार्यालय) 
८. महेश कुमार दाहाल (रक्षा मन्त्रालयबाट–खेलकुद मन्त्रालय) 
९. अर्जुन कुमार कार्की (भौतिक पूर्वाधार मन्त्रालयबाट–नेपाल ट्रष्टको कार्यालय) 
१०. धन बहादुर तामाङ (जल तथा ऊर्जा आयोगबाट–भौतिक पूर्वाधार मन्त्रालय) 
११. भीमप्रसाद उपाध्याय (नेपाल ट्रष्टको कार्यालयबाट–उर्जा आयोग 
१२. प्रेम कुमार राई (पर्यटन मन्त्रालयबाट–आपूर्ति मन्त्रालय)  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ