arrow

काँग्रेसका २ सय ८० अगुवा कार्यकर्ता गाँउ–गाँउमा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ भदौ २६ आइतबार
Congres-FNL.jpg.jpeg
स्याङ्जा । नेपाली काँग्रेस स्याङ्जाले पार्टी संगठनलाई मजवुद, गतिशील र जिवन्त बनाउन एक महिने जागरण अभियानको थालनी गरेको छ । काँग्रेस जिल्ला कार्य समिति स्याङ्जाको श्रावण १२ गते बसेको बैठकले सो निर्णय गरेपछि यसको थालनी हुन लागेको हो । 
 
आठ ओटा सन्देश लिएर २ सय ८० जना अगुवा कार्यकर्ताहरु गाँउ र वडामा खटाएको स्याङ्जाका पाटी सभापति तथा सांसद कमलप्रसाद पंगेनीले जानकारी दिए । पहिलो चरणमा स्याङ्जा काँग्रेसले तीन वटै क्षेत्रका अगुवा कार्यकर्ताहरुलाई जागरण अभियान अभिमुखिकरण गोष्ठीमा सामेल गरेको छ । 
 
 गोष्ठीबाट स्याङ्जा काँग्रेसको भूत, वर्तमान र भविष्यबारे जानकारी दिँदै सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरणका लागि काँग्रेसले इतिहासमा गरेका उल्लेखनीय कार्यहरुलाई गाँउ गाँउमा लैजाने उदेश्यका साथ यो अभियानको थालनी गरिएको सभापति पंगेनीको भनाई छ । 
 
बेला बेलामा रचनात्मक काम गर्दै जनताको माझ पुग्ने गरेको स्याङ्जा काँग्रेस यस पटक भने अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण गरेर पठाउन लागेको छ । विगतका वर्षहरुमा गाँउ–गाँउमा खटाउने गरिए पनि यो पटक भने नयाँ ढाँचामा आफ्ना अगुवा कार्यकर्ताहरुलाई सन्देश मुलक तवरले खटाएको सभापति पंगेनीले सुनाए । 
 
मुलुकमा भएका हरेक परिवर्तनमा स्याङ्जा काँग्रेसको महत्वपूर्ण भूमिका छ सभापति पंगेनीले भने,“यसलाई जिवन्त र हरेक कार्यकर्ताले यस विषयमा जानकार हुन भन्ने उदेश्यका साथ यो अभियानको थालनी गरेका हौं ।” हरेक अगुवा कार्यकर्ताहरुलाई सन्देशमुलक तवरले गाँउमा जान सहज होस् भनेर कार्यक्रमको समेत ढाँचा बनाएर खटाएका छौं सभापति पंगेनीले –थपे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ