arrow

ऋण काढेर सडक निर्माण

logo
नारायण रिजाल,
प्रकाशित २०७३ भदौ २६ आइतबार
baglungroad.jpeg
बागलुङ। सरकारले सडक निर्माणमा विनियोजन गरेको रकम उपभोक्ता समिति र गाउँका अगुवाहरु मिलेर  झ्वाम पार्ने प्रवृत्ति बढिरहेका बेला यहाँका स्थानियहरुले भने ऋण काढेर सडक निर्माण गरेका छन् ।
 
बागलुङ रायँडाडाका स्थानियले ऋण काडेर भए पनि गाउँसम्म गाडि गुडाउने अठोट साथ सडक निर्माण गरेका हुन् ।  जिल्लाको भकुण्डे– रामतोला कृषि सडक खण्डमा पर्ने मान्द्रेको पहरामा करिब पाँच सय मिटर दुरीमा पर्ने कडा चट्टानलाई छिचोल्दै स्थानियले आफ्नो गाउँ सम्म मोटरबाटो पुर्‍याउन सफल भएका हुन । 
बागलुङ भकुण्डे, रायडाँडा बरेङ हुँदै गुल्मीको शान्तिपुर सम्म जोडिने उक्त सडक खण्डमा कडा चट्टान भएको कारण करिब ९० लाख रुपैया खर्च भएको स्थानिय समाजसेवी एवं काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले बताए । नेपाली सेना कालिगण्डकी करिडोर निर्माण कार्यदललाई जिम्मा दिईएको बाटोको ट्रयाक खोल्नका लागि झण्डै दुई महिना लागेको थियो । 
 
स्थानियको सक्रियतामा उक्त बाटोको ट्रयाक खोल्नका लागि सफल भएको छ । दुर्गम गाउँमा आवश्यक सामाग्री पुर्‍याउन कठिनाई परे पनि हामी उक्त सडक खण्डको ट्रयाक खोलरै छाड्यौ करिडोर निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराई भन्छन् सडक निर्माणका लागि बम विस्पोट गर्नुपर्ने, निकै कठिनाई र कडा चट्टान भएका कारण अलि बढि खर्चिलो बन्न पुग्यो ।
 
सडकका लागि अहिले सम्म जिल्ला विकास समिति बागलुङ बाट १४ लाख ७५ हजार रकम विनियोजित भएको थियो भने अन्य श्रोत स्थानियले सयकडा २४ प्रतिशत व्याजदरमा ऋण खोजेको समितिका अध्यक्ष चित्र बहादुर केसीले बताउँछन् । केसीले भने दिपेन्द्र दाईले आफ्नो भान्जीको घडेरी बैंकमा धितो राखेर २० लाख रुपैया निकाल्नुभयो बाँकी स्थानियहरु सँग बाट नै ऋण धन गरेर सडकमा ट्रयाक् खोल्यौ अहिले गाउँमा गाडि आउँदा निकै हर्षित भएका छौ । 
 
सडक निर्माण कार्यदल नेपाली सेनालाई ७५ लाख रुपैयाँ बुझाई सकेको र १५ लाख रुपैया  बुझाउन बाँकी रहेको समितिका अध्यक्ष केसीले बताउँछन सडकको निर्माणका लागि नेपाली सेनालाई जिम्मादिने कार्यमा माननिय सांसद प्रकाश शर्मा पौडेल, लगायत जिल्लाबाट प्रतिनिधित्व गर्ने अन्य सांसद र राजनैतिक दलको मुख्य भुमिका रहेको सडक निर्माण समितिले जनाएको छ । 
 
सडक निर्माण सँगै अहिले स्थानियहरुलाई सहज भएको छ झन्डै २ घण्टा भिरको बाटो हिडेर आउने समस्या सुल्झिएको छ । नेपाली सेनाले अहिले कालिगण्डकी करिडोर बागलुङ सडक खण्डको पनि निर्माण कार्यलाई तिब्र दिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ