arrow

‘तरुण युवाको आवाज बोल्दै नीति निर्माणमा ध्यान दिन्छु’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
deepak gurung maila.jpg

पोखरा । कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले स्वास्थ्य सेवालाई बढी प्राथमिकताका साथ चुनावी एजेण्डा बनाएका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रका नागरिकलाई स्वस्थ बनाउनका लागि विभिन्न योजनाहरु अघि सारेका छन् । स्वास्थ्य वीमा कार्यक्रमलाई अनिवार्य बनाइ तोकिएका ठाउँबाट सहज रुपमा स्वास्थ्य सेवा लिने वातावरण तयार गरिने उनको प्रतिबद्धता छ । 

‘अहिले पनि स्वास्थ्य संस्थामा स्वास्थ्य विमा गरेका नागरिकले सहज रुपमा सेवा लिन पाउँदैनन् । औषधि छैन भनेर फर्काउने गरिएको छ,’ बरालले भने, ‘स्वास्थ्य बीमा गरिएका बिरामीको उपचार सहज रुपमा हुनुपर्छ । हामी त्यसको पहल गर्छौं । स्वास्थ्य संस्थाबाट सहज उपचारको ग्यारेन्टी गरिने छ ।’ 

प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गरी कम्तिमा एकजना मेडिकल अफिसर व्यवस्था गर्ने उनको प्रतिवद्धता छ । कास्की क्षेत्र नं. ३ (ख) मा पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका १६ वटा वडा छन् । खासगरी अन्नपूर्ण क्षेत्रमा स्वास्थ्य चौकी निर्माणमा जोड दिइने र गाउँबाटै उपचारको व्यवस्था मिलाइने बरालले बताए । 

यस्तै, मौजुदा स्वास्थ्य संस्थाबाट नियमित सेवा प्रवाहका लागि औषधि, प्राविधिक र अन्य व्यवस्था मिलाउने उनले प्रतिबद्धता जनाए । प्रत्येक ६ महिनामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने उनको दावी छ । ‘कम्तिमा अर्धवार्षिक रुपमा प्रत्येक वडामा विशेषज्ञ सहितको घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिने छ,’ उनले भने, ‘गाउँबाटै हुने उपचारका लागि महंगो शुल्क तिरेर पोखरा आउनुपर्ने बाध्यता हटाउन म पहल गर्छु ।’ 

अपांगता भएका, अति विपन्न, अशक्तका लागि निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्ने उनले बताए । बरालले अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १५ शैय्याको अस्पताललाई तत्काल निर्माण सम्पन्न गरी सेवा प्रवाहको व्यवस्था मिलाउने बताए । यस्तै, प्रत्येक माध्यमिक विद्यालयमा एकजना स्टाफ नर्सको व्यवस्थाका लागि पहल गर्ने बरालले बताए । 

‘यो नेपाल सरकारले पहिले नै गरेको निर्णय हो । तर अहिलेसम्म स्कुलमा नर्स भन्ने सुन्दा पनि अनौठो लाग्छ,’ अघि भने, ‘५ वर्षको कार्यकालभित्र सबै मावि तहमा विद्यार्थीको नियमित रेखदेख गर्नका लागि नर्सको व्यवस्था मिलाइने छ । यसका लागि प्रदेश सरकारसँग निरन्तर ध्यानाकर्षण गराउने छु ।’ बराल अहिले चुनावी प्रचारका लागि घरदैलोमा ब्यस्त छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ