arrow

अहिलेको भाइरल फ्लुलाई कमजोर नआकौं –डा. योगेश न्यौपाने

logo
प्रकाशित २०७३ भदौ २६ आइतबार
Dr-Yogesh-Neupane.jpeg
काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जका नाक, कान, घाँटी (इएनटी) विशेषज्ञ योगेश न्यौपानेले मुलुकभर फैलिएको भाइरल फ्लुबाट सचेत रहन आग्रह गरेका छन् । अहिले फैलिइरहेको भाइरल विगतका तुलनाको जस्तो एक दुई दिनमै निको नहुने भन्दै डा. न्यौपानेले बिरामीलाई विशेष ध्यान दिन पनि आग्रह गरेका छन् । 
 
शिक्षण अस्पताल महाराजगञ्जमा दैनिक सरदर २० जना रुघाखोकीको भाइरलका बिरामी आउने गरेको तथ्यांक सुनाउँदै डा. न्यौपानेले पहिलो चरणमै एन्टीबायोटिक औषधि नआइ ‘पर्ख र हेर’ को स्थितिमा रहेर घरमा आराम गर्नुपर्नेमा जोड दिए ।
 
इएनटी विशेषज्ञ न्यौपानेले बिरामीले भाइरललाई सामान्य रुपले नहेरी तत्काल चिकित्सकको सम्पर्कमा रहनु पर्नेमा पनि जोड दिएका छन् ।
 
हरेक मौसम परिवर्तनमा भाइरल फ्लु बढ्ने भन्दै डा. न्यौपानेले गाउँको तुलनामा सहर अनि विशेषगरी वातावरण प्रदुषण भएकाले काठमाडौं उपत्यकामा भाइरलको संख्या बढी रहेको बताए । 
 
भाइरल सरुवा रोग भएकाले पनि सचेत हुनुपर्नेमा डा. न्यौपानेको जोड छ । 
 
भाइरलका लक्षण–
-घाँटी दुख्ने
-ज्वरो आउने
-रुघा लाग्ने ( नाकबाट पानी बगिरहनु वा हाछ्युँ लाग्नु वा रुघा पटक्कै नपाक्नु)
-खोकी लाग्ने (सुख्खा खोकी, कफसहितको खोकी)
-शरीर दुख्ने 
-शरीर तात्ने तर ज्वरो नआउने 
-स्वासप्रश्वासमा समस्या आउने 
 
उपचार–
पहिलो चरणमा सुरुवाती दिनमा घरमै आराम गर्ने झोलिलो खानेकुरा प्रशस्तै खाने 
बाहिर निस्कँदा मास्क लगाउने (सरुवा रोग भएकाले अरुबाट पनि नसरोस् आफूबाट पनि अरुलाई नसरोस्) 
परिवारमा अरुलाई सर्न सक्ने भएकाले सतर्क रहने 
तातोपानी प्रशस्त पिउने 
ज्वरो बढी आयो भने सिटामोल लिने 
नाक बन्द भयो भने ‘नोजल ड्रप’ लिने ।
 
पहिलो चरणको तीन दिनको यो प्रक्रियामा निको हुन सकेन वा निको हुँदै जानुको सट्टा झन् बढ्दै गयो भने तत्काल चिकित्सकको सम्पर्कमा पुग्नुपर्छ । एमोक्सिलिन नै खानुपर्ने पनि हुन  सक्छ । 
 
भाइरल फ्लुले पटकपटक छोयो भने एक्युटबाट क्रोनिकसम्म पनि पुग्ने भएकाले सचेत रहेर उपचार गर्नसमेत इएनटी विशेषज्ञ एवं सर्जन योगेश न्यौपानेले सुझाएका छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ