arrow

प्रकाश बरालः मतदाताका विश्वास, युवाका भरोसा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
Prakash baral 2.jpg
फाइल तस्वीर

पोखरा । अघिल्लो निर्वाचनमा अप्रत्याशित रुपमा एमाले विजयी भयो, त्यो पनि अत्यधिक मतका साथ । गण्डकीमा बलियो रहेको कांग्रेसको संगठन वाम गठबन्धन सामु कमजोर सावित भयो । जम्मा १५ सीटमा सीमित भयो कांग्रेस । एमालेले एक्लै २७ सीट जित्दा बाम गठबन्धनको प्रमुख साझेदार नेकपा माओवादी केन्द्रले १२ सीट तथा जनमोर्चाले ३ सीट जित्यो ।

स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेसहित दुई तिहाई भन्दा बढी बहुमतका साथ सरकार चलाएको एमाले पार्टी भित्रैको विभाजनको सिकार हुन पुग्यो । अन्ततः १५ सीट जितेको कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्यो । 

अहिले सोही गठबन्धन निर्वाचनमा कायम छ । गठबन्धनकै बलमा बहुमत ल्याउने कांग्रेसको दावी छ भने एमाले पनि पहिलेको हाराहारीमा चुनाव जित्ने दावी गरिरहेको छ । कास्की ३ (ख) बाट यसअघि एमाले उम्मेद्वार विजयी भए ।

कास्कीका मतदाताले एउटै ब्यक्तिलाई निरन्तर चुनाव जिताएका छैनन् । अहिले पनि त्यस क्षेत्रमा पूरानै उम्मेद्वार दोहोरिएका छन् भने कांग्रेसलबाट युवा नेता प्रकाश बराललाई अघि सारेको छ । 

बराल त्यस्ता उम्मेद्वार हुन्, जसले अहिलेसम्म कसैलाई चिढाएका छैनन् । जो, हर मतदातासँग परिचित छन् र सबैले आफ्ना जनप्रतिनिधि भनेर विश्वास गर्न सक्छन् । पोखरा-२२ का ठाकुर बराल भन्छन्, ‘प्रकाश हामी युवाहरुको प्रतिनिधि हो । हाम्रो विश्वास र आस हो । प्रकाश बरालले नै चुनाव जित्नुपर्छ ।’ यसअघिका उम्मेद्वारले चुनाव जितेपछि गाउँलाई फर्केर नहेरेका भन्दै उनले प्रकाशलाई मतदान गरिदिन आग्रह गरे । 

अन्नपूर्ण गाउँपालिका वडा नं. ८ बीरेठाँटीका विजय गुरुङ पनि प्रकाश बरालको विकल्प आफ्नो क्षेत्रमा नभएको बताउँछन् ।

निकै ठूलो उत्साहका साथ हिजो जिताएका उम्मेद्वार पाँच वर्ष बेपत्ता जस्तै भए । न विकास आयो न जनप्रतिनिधि फर्किएर आए,’ उनले भने, ‘हिजो नै गल्ती गरिसकेका उम्मेद्वारलाई अब जिताएर कुनै फाइदा छैन । हाम्रा उम्मेद्वार अब प्रकाश बराल हो ।’ बराललाई चुनाव जिताए हिजो जस्तो निराश हुन नपर्ने उनले सुनाए । 

सानै उमेरदेखि राजनीतिमा सक्रिय बराल कास्की कांग्रेसका लागि उदाहरण पनि हुन् । बराल र कास्की १ (ख) का उम्मेद्वार दीपक गुरुङ (माइला) सबैभन्दा कम उमेरमा टिकट पाउने ब्यक्ति हुन् । ‘बरालको टिकटका दुईखाले सन्देश छः एक अब कांग्रेस युवालाई विश्वास गर्न थालेको बुझिन्छ ।

अर्को यत्तिका युवालाई चुनाव जिताए परिवर्तन र समृद्धी सम्भव छ भन्ने सन्देश आम मतदातामा पुगेको छ,’ उनका सहकर्मी देवेन्द्र केसीले भने, ‘यो पटक बरालले चुनाव जित्दा जिल्ला र समग्र निर्वाचन क्षेत्रलाई फाइदा छ । मतदातालाई बरालले केही गर्छन् भन्ने विश्वास छ ।’ 

बरालले फेवाताल समस्याको दीर्घकालीन समाधानको एजेण्डालाई प्राथमिकता दिएका छन् । स्वास्थ्य र शिक्षामा उनको बिशेष जोड छ । उनले प्रत्येक वडामा प्राथमिक स्वास्थ्य चौकी र हरेक विद्यालयमा एक नर्सको व्यवस्था गर्न आफुले पहल गर्ने प्रतिबद्धता जनाए । अपांगता भएका र जेष्ठ नागरिक तथा पिछडा ब्यक्तिहरुको निशुल्क उपचार, युवाहरुलाई प्रदेशभित्रै रोजगारी, विद्यार्थीलाई प्राविधिक शिक्षा उनका प्रमुख एजेण्डा हुन् । 

यस्तै, पर्यटन विकास र पर्यटनबाटै रोजगारी र समृद्धिको सपना उनले देखेका छन् । पछिल्लो समय जलवायू परिवर्तनका कारण उच्च पहाडी र हिमाली क्षेत्रमा पारेको प्रभाव त्यसको रोकथामका लागि विश्व समुदायको भूमिकाका विषयमा उनले खुलेर बहस गर्न थालेका छन् । बरालको क्षेत्र हिमालसँग जोडिएको क्षेत्र हो । उनी पछिल्लो समय नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयको प्रमुख सचिवका रुपमा कार्यरत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ