arrow

रेफ्रीको शिकार बन्दै चेल्सी बराबरीमै थन्कियो

logo
प्रकाशित २०७३ भदौ २७ सोमबार
212.jpeg
लिबर्टी स्टेडियम । म्यानचेष्टर सिटी इङलिश प्रिमियर लिग फुटबलमा सत्प्रतिशत नतिजा निकाल्ने एकमात्र टिम बनेको छ । आइतबार राति भएको खेलमा चेल्सी स्वान्सी सिटीसंग २–२ गोलको बराबरीमै थन्किएपछि म्यानचेष्टर सिटीले स्पष्ट तीन अंकको अग्रता लिएको हो । 
Chelsea captain John Terry also posted an image on Instagram of him being held in the box
 
स्वान्सीको मैदानमा भएको खेलमा रेफ्री आन्द्रे मारिनेरको शिकार भएको भन्दै चेल्सी खेलाडी गेरी काहिल र चेल्सी प्रशिक्षक एन्टोनियो कोन्टेले आलोचना गरेका छन् ।
 
Cahill and Chelsea captain John Terry confront referee Andre Marriner after the goal
 
दोस्रो हाफमा स्वान्सी खेलाडी लेरो फेरले गरेको फल नदिएर रेफ्रीले अन्याय गरेको उनीहरुको आरोप छ । चन्द्रमामा बसेर हेरेको भए त्यो फल देखिने पनि काहिलले बताएका छन् । 
 
Chelsea boss Antonio Conte described Marriner's decision to play on as a 'bad' one
 
खेलको १८ औं मिनेटमा डिएगो कोस्टाको गोलबाट चेल्सीले प्रारम्भिक अग्रता लियो ।
 
Diego Costa celebrates scoring his and Chelsea's second goal of the game with nine minutes remaining
 
 
५९ औं मिनेटमा पाएको पेनाल्टीलाई सिगुर्डसनले गोलमा परिणत गर्दै स्वान्सीलाई १–१ को बराबरीमा ल्याए ।
 
Fer (far right) celebrates after he put Swansea 2-1 into the lead after 62 minutes on Sunday
 
त्यसको तीन मिनेटमै लेरो फेरले गोल गर्दै स्वान्सीलाई अग्रता दिलाए ।
 
८१ औं मिनेटमा फेरि कोस्टाले अर्को गोल थप्दै खेल बराबरीमा ल्याए ।
 
बराबरीसंगै चेल्सी १० अंकसहित दोस्रो स्थानमा कायमै छ ।  
 



नयाँ