arrow

चुनाव हार्ने भयले एमालेले कांग्रेस कार्यकर्ता कुट्यो, वडाध्यक्ष पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २९ मंगलबार
election-2079-final1.jpg
तस्बिर – फाइल ।

लमजुङ । मध्यनेपाल नगरपालिका वडा नम्बर १ जितामा नेपाली कांग्रेसका कार्यकर्तामाथि कुटपिट भएको छ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धन बलियो रहेकाले कमजोर मानसिकताका साथ नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष सुदिप थापाको निर्देशनमा आफ्ना कार्यकर्ता कुटिएको कांग्रेसको आरोप  छ ।

कांग्रेस वडा कार्यसमितिका सचिव मिलन थापा र कांग्रेस नेता भरत थापामाथि कुटपिट भएको बताइएको छ । कुटपिटमा संलग्न व्यक्ति फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष थापासहितका केही व्यक्तिलाई भने इलाका प्रहरी कार्यालय भोर्लेटारको टोलीले पक्राउ गरेको छ । उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय बेशीशहर लगिएको छ ।

कुटपिटमा घाइते मिलन र भरतलाई भने उपचारका लागि पोखरा लगिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ