arrow

मेरो लक्ष्य देश र जनताको समृद्धि : बराल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २९ मंगलबार
kishor datta baral.jpg

पोखरा । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार किशोरदत्त बरालले देश र जनताको समृद्धि आफ्नो लक्ष्य भएको बताएका छन् । मङ्गलबार पोखरा-३२ मा घरदैलो र मतदाता भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले आम नेपालीको आवश्यकतालाई संसदमा उठाउने भन्दै आफ्नो आवाजले सबैलाई न्याय गर्ने बताए । बरालले स्थानीय जनताको आवश्यकता अनुसार स्थानीयलाई खुशी बनाउने गरी काम गर्ने स्पष्ट पारे । 

‘जहाँ जे आवश्यकता छ प्राथमिकताका आधारमा त्यहि गर्छु’, उनले भने, ‘यसले आवश्यकतालाई सम्बोधन गर्ने छ र स्थानीय खुशी हुनुहुनेछ ।’

उनले समय अभावका कारण सबै मतदाताको घरघरमा पुग्न नसकेको क्षमा माग्दै मतदाताको घरमा नपुगे पनि मतदाताको भावना, चाहना र आवश्यकतालाई नजिकबाट बुझेको स्पष्ट पारे । 

कास्की काँग्रेसका सभापति एवं पाँच दलीय गठबन्धनका साझा उम्मेद्वार बरालले ओलीको व्यक्तिगत स्वार्थ र अहंकारबाट देशलाई जोगाउन र संविधानको रक्षा गर्न गठबन्धन गर्नु परेको प्रष्ट पारे ।

बरालले राजनीतिलाई नयाँ ढंगबाट सोच्नुपर्ने, राजनीतिलाई प्रेम र सद्भावसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै विद्यालय र विश्वविद्यालयको शिक्षामा आमूल परिवर्तन गरी सीपमूलक र उद्यमशीलतासँग जोड्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ