- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग कुनै पनि प्रकारको समीकरण नहुने बताएका छन् । गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
‘प्रचण्ड’ले ओलीको अहङ्कारका कारण वाम गठबन्धन टुटेको बताए । “अब धोकेबाजसँग कुनै समीकरण हुँदैन”, उनले भने, “गिरिजाप्रसाद कोइरालासँगै मैले १२ बुँदे सम्झौतामा हस्ताक्षर गरेर जोडेको गठबन्धन हो, यो चुनावसम्म मात्र होइन लामो समयसम्म कायम रहन्छ ।”