arrow

हड्डीको खेलौना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
peru-skeletons.jpg

काठमाडौं ।  इजरायली पुरातत्वविद्हरूले करिब एक हजार वर्षअघिको हड्डीबाट बनेको खेलौना फेला पारेको इजरायल पुरातत्व प्राधिकरण (आईएए)ले सोमबार जनाएको छ।  भूमध्यसागरीय तटीय सहर हाइफा नजिकै उत्तरी इजरायलको उषा पुरातात्विक स्थलमा गरिएको उत्खननमा पुरानो खेलौना  फेला परेको थियो।

उत्तरी इजरायलको हाइफानगरस्थित उषा पुरातात्विकस्थलमा उत्खनन गर्दा हजार वर्ष पुरानो खेलौना फेला परेको इजरायल पुरातात्विक प्राधिकरणले जनाएको छ । 

उमायद खलीफा राजवंशको मुसलमान शासनकाल सातौँ शताव्दीदेखि १३ औँ शताव्दीसम्म प्राचीन इजरायलमा त्यस्ता खेलौना लोकप्रिय रहेका प्राधिकरणले बताएको छ । मुसलमान अवधिको उत्तराद्र्धमा निर्मित खेलौनामाथि देशका केही भागमा त्यतिबेला नै धार्मिक कारणले प्रतिबन्ध लगाइएको थियो । 

मुसलमान शासनकालमा गाई, ऊँट, बाख्रा वा भेडाका खुट्टाका हाडबाट बनाइन्थ्यो । पुरातत्वविद्ले फेला पारेको उक्त गुडिया कुन जनावरको हो भन्नेबारेमा प्राथिकरणले केही बताएको छैन । प्राकिरणका अनुसार उक्त कालमा खेलौना आमोदप्रमोदका निम्तिमात्र नभई शैक्षिक सामग्रीका रूपमा पनि बनाइन्थ्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ