arrow

नेपाल एयरलाइन्सको विमानलाई आकस्मिक अवतरण

logo
प्रकाशित २०७३ भदौ २७ सोमबार
काठमाडौं । नेपाल एअरलाइन्सको एउटा विमान भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।
 
आइतबार राति दिल्लीबाट काठमाडौंका लागि उडेको विमान करिब २५ मिनेटपछि दिल्लीमै आपतकालिन अवतरण गराइएको हो ।
 
आरए –२१८ विमानमा प्राविधिक समस्या देखिएपछि दिल्ली फर्काइएको स्रोतले जनाएको छ । विमानमा १ सय ६० जना सवार थिए ।
 
सकुशल आपतकालिन अवतरण भएको र कुनै मानवीय क्षति नभएको विमानस्थलका अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् ।
 
विमानको पखेँटाले काम नगरेपछि उडान भरेको २५ मिनेटमै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको रनवे–२८ मा सो विमानलाई अवतरण गराइएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ