arrow

युएस ओपन टेनिसको उपाधि वावरिङ्कालाई, जोकोभिच घाइते

logo
प्रकाशित २०७३ भदौ २७ सोमबार
stanilslas-wawarinka.jpeg
फ्लसिङ मिडोज् । यस वर्षको युएस ओपन टेनिस प्रतियोगिताको उपाधि स्वीस टेनिस खेलाडी स्टानिस्लास वावरिङ्काले जितेका छन् ।
 
Stan Wawrinka reacts after beating Novak Djokovic to win the US Open men's singles final at Flushing Meadows
 
अमेरिकाको न्यूयोर्कस्थित फ्लसिङ मिडोज्मा सोमबार बिहान भएको फाइनलमा विश्व नम्बर एक सर्वियन खेलाडी नोभाक जोकोभिचलाई हराउँदै वावरिङ्काले उपाधि जितेका हुन् ।
 
The 31-year-old had the grace to remember victims of 9/11 on the anniversary of the terrorist attack on New York
करियरको तेस्रो ग्राण्डस्लाम उपाधि जित्ने क्रममा वावरिङ्काले खेल ६–७, ६–४, ७–५ र ६–३ को सेटमा जिते । 
 
The Swiss No 3 seed celebrates winning a crucial rally as Djokovic shows his appreciation in the background
 
पहिलो सेट टाइब्रेकरमा ७–१ ले जितेका जोकोभिचले दोस्रो सेटको खेलका क्रममा खुट्टामा चोट लागेपछि भने खेलमा फर्किन सकेनन् । 
 
 
जोकोभिचले चौथो सेटमा ३–१ ले पछि परेको अवस्थामा विवादित इन्जुरी टाइम आउट लिएका थिए । 
 
The roof of the Arthur Ashe Stadium was open for the final as weather conditions in New York improved
सेप्टेम्बर ११ मा न्यूयोर्कमा ज्यान गुमाएकाको वार्षिकीको दिन भएको खेल जितेसंगै ३१ वर्षीय वावरिङ्काले उपाधि मृतकको सम्झनामा अर्पण गरेका छन् । 
 
वावरिङ्काले यसअघि सन् २०१४ मा अष्ट्रेलियन अ‍ोपन तथा २०१५ मा फ्रेन्च ओपनको उपाधि जितेका थिए ।
 
The No 3 seed reacts wildly after winning an epic rally as fans in New York stand to applaud
Djokovic smashes his racket in frustration after losing the second set as Wawrinka passes by him
Djokovic struggles to keep pace with Wawrinka
 
Wawrinka raised his game even further in the third set to claim an early break against Djokovic
 



नयाँ