arrow

राजनीतिलाई राम्रो र विश्वसनीय बनाऔं : बराल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
Kishor datta baral.jpg

पोखरा । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्वार किशोरदत्त बराल राजनीतिलाई राम्रो र विश्वसनीय बनाउनुपर्ने बताएका छन् । ‘राजनीतिलाई राम्रो र विश्वसनीय बनाउन प्रतिबद्व छु’, उनले भने, ‘राम्रो र विश्वसनीय राजनीतिले देशलाई बचाउँछ, जनतालाई खुशी दिन्छ ।’

राजनीति हो, उम्मेद्वार हुँ भन्दैमा जे पनि बोलिदिने र भनिदिने पक्षमा आफू नरहेको उनको भनाइ छ । उनले बिग्रन लागेको देशलाई जोगाउन पनि आफ्नो उम्मेद्वारी भएको उल्लेख छ । उम्मेद्वार बरालले देश बनाउने अभियानमा सबै एकजुट हुनुपर्ने आवश्यकतासमेत औंल्याए ।

बुधबार पोखरा-२६ का विभिन्न स्थानमा आयोजित कोणसभामा उनले देशको ध्यान तान्न सक्ने गरी संसदमा प्रस्तुत हुने भन्दै विजयी गराउन आग्रह गरे ।

‘स्पष्ट योजना छ, स्पष्ट दृष्टिकोण छ’, उनले भने, ‘सबै मतदाताले गर्व गर्ने गरी काम गर्छु, ढुक्क हुनुहोस् ।’

उनी पाँच सूत्रीय अभियानका साथ चुनावी मैदानमा छन् । इरादा, संसद र सांसदको मर्यादा, राजनीतिमा शुद्वता, मेरो प्रतिवद्वता, समृद्धिको निकास, गुणस्तरीय र योजनावद्ध विकास आफ्नो सुत्र भएको उनले बताए । 

देशको समृद्धि र शान्ति, बाटो हो कृषि पर्यटनमा क्रान्ति तथा टाउको(ज्ञान), हृदय (प्रेम र शान्ति) र हात (उद्यमशीलता र सीप) सहितको शिक्षा, विकास सुधार गर्ने मेरो महान सदीक्षालाई आफ्नो सुत्रका रुपमा अघि सार्दै निर्वाचनमा होमिएका हुन् ।

कास्की काँग्रेसका सभापतिसमेत रहेका बरालले आफू काँग्रेस कार्यकर्ता भएपनि विकास, निर्माण र समृद्धिको विषयमा साझा हुने उल्लेख गरे ।

कास्की क्षेत्र नं १ (क) प्रदेश सभा सदस्य उम्मेद्वार दीपक कोइरालाले विगतमा जस्तै यसपटक पनि जनताको साथ र समर्थन पाउँने विश्वास व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ