arrow

डा गोविन्द केसीका माग पूरा गर्न दबाब दिन्छौं –डा मुक्तिराम श्रेष्ठ

logo
प्रकाशित २०७३ भदौ २७ सोमबार
muktiram-dr.jpeg
काठमाडौं । नेपाल चिकित्सक संघका नवनिर्वाचित अध्यक्ष मुक्तिराम श्रेष्ठले शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक एवं वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ गोविन्द केसीले उठाएका माग पूरा गर्न सरकारलाई दबाब दिने बताएका छन् ।
 
सोमबार बिहान निर्वाचित भएपछि हाम्राकुरासंगको जिज्ञासामा उनले आगामी योजना सुनाउँदै भने, ‘चिकित्सक संघले पहिले पनि डा. केसीका माग संवोधन गर्न दबाब दिएका हौं, अब झन् सक्रियताका साथ लाग्छौं ।’
 
डा श्रेष्ठले अगाडि थपे, ‘अब हामी निरन्तर स्वास्थ्य मन्त्रालय धाएर डा. केसीका माग पूरा गराउन दबाब दिने छौं ।’ उनले अगाडि भने, ‘सरकारले यसअघि निर्दयी भएर हेरेको थियो, त्यसैले अब पनि त्यही स्थिति आउला भनेर प्राथमिकताका साथ डा केसीका माग पूरा गराउन लाग्छौं ।’ 
 
के छन् त अबका योजना ? 
यसअघिको कार्यकालका महासचिव डा मुक्तिराम श्रेष्ठले एनएमएको गतिविधि राम्ररी बुझिसकेका छन् । अब आफू नै नेतृत्वतहमा आइसकेपछि के गर्छन् त ? भन्ने हाम्राकुराको जिज्ञासामा डा श्रेष्ठले गोविन्द केसीका माग पूरा गर्न दबाब दिने विषयसंगै अन्य तीन विषयलाई प्राथमिकता दिने बताए । 
 
-उनको पहिलो प्राथमिकतामा पहिलेको कार्यसमितिले अगाडि बढाएका काम पूरा गर्ने । 
 
-दोस्रो प्राथमिकतामा संगठनलाई अझ बजबुद बनाउन सदस्यता संख्या बढाउने । 
 
-र तेस्रो प्राथमिकतामा पेशागत हकहित र सुरक्षाका विषय तत्काल कार्यान्वयन गर्न पहल गर्ने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ