arrow

मंसिर-४ देशको भविष्यको फैसला गर्ने दिन : धनराज गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
Dhanraj gurung.jpg
फाइल तस्वीर

स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति एवं स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनले राजनीतिक भविष्यको फैसला गर्ने बताएका छन् । 

गल्याङ-३ मा भएको घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै कांग्रेसका उपसभापति गुरुङले कस्तो नेतालाई मत दिन्छौँ यसैका आधारमा भविष्यको फैसला हुने बताए  ।

“हामीले कस्तो प्रवृत्तिको नेता चुन्छौँ त्यसैको आधारमा भविष्यको निर्धारण हुन्छ”, उनले भने, “जस्तो प्रवृत्तिको नेता चुन्छौँ त्यहीअनुसारको भविष्य निर्धारण हुन्छ, त्यसैले मंसिर ४ गते आफ्नो मतबाट फैसला गर्नुहोस् ।”

गरिब जनताले खाइनखाइ तिरेको करबाट ठूला र पहुँच भएकाले राज्यको ढुकुटीबाट स्वास्थ्य उपचार गर्ने तर तिनै जनताले सामान्य बिरामी हुँदा पनि सिटामोलसमेत नपाउने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताए ।

“गरिब जनताले दिएको मतबाट विजयी बन्ने र राज्यको ढुकुटीबाट स्वास्थ्योपचार गर्ने प्रवृत्ति पनि भ्रष्ट प्रवृत्ति हो”, उनले भने,  “हामीले व्यवस्था बदल्यौँ तर अवस्था बदल्न सकिरहेका छैनौँ, भ्रष्ट प्रवृत्तिविरुद्ध मत दिएर अवस्था बदल्ने दिन मंसिर ४ गतेको दिन हो ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ