arrow

परराष्ट्र मन्त्री महत र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

logo
प्रकाशित २०७३ भदौ २७ सोमबार
mahat_sworaj.jpeg
काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रकाशशरण महत र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ । भर्खरै भारतीय विदेश मन्त्रालय जवाहर भवनमा भएको वार्तामा दुईदेशीय दुई देशीय सम्वन्ध, आसन्न प्रधानमन्त्रीको भारत भ्रमण लगायतको विषयमा छलफल गर्ने तयारी रहेको महत निकट स्रोतले जानकारी दिएको छ । 
 
प्रधानमन्त्रीको बिहीबारदेखि हुने भ्रमणको चाँजोपाँचो मिलाउन आईतबार महत भारत भ्रमणमा भएका थिए । उनी मंगलबार स्वदेश फिर्ता हुने कार्यतालिका छ । यस पछि उनले त्यहाँको वित्त मन्त्री र अन्य मन्त्रीहरूसँग उर्जा तथा विकास सम्झौताबारे छलफल गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्रीले भारत जानुअघि पञ्चेश्वर आयोजना र हुलाकीमार्गबारे छलफल गर्ने बताएका थिए ।  
 
परराष्ट्रमन्त्री महतले गृहमन्त्री, रक्षा मन्त्री, यातायात तेलमन्त्रीसंग समेत भेट गर्ने कार्यक्रम छ । यद्यपि, एमालेले भारतबाट मात्रै तेल आयात गर्ने सम्झौता नगर्न भन्दै आइतबारै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ