arrow

उम्मेदवारी खारेजीको माग गर्दै गण्डकीका अर्थमन्त्री रामजीविरुद्ध उजुरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १ बिहिबार
election-commission-election-2079.jpg
फाइल तस्बिर

कास्की। कास्की-३ मा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका रामजीप्रसाद बराल ‘जीवन’ को उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ।

प्रदेशका अर्थमन्त्रीसमेत रहेका बराल युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेजीको माग गरिएको हो।

बराल संलग्न रहेको गण्डकी माछापुच्छ्रे सहकारी संस्थालाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषले ५० लाख रुपैयाँ कर्जा दिएको थियो जुन २०७३ सालसम्म बुझाउनुपर्ने थियो। सो रकम नबुझाएको भन्दै मन्त्री बरालसहित १५ जनालाई कालोसूचीमा राख्दै ७ दिनभित्र रकम बुझाउन अल्टिमेटमसहित खातामा दाखिल गर्न पत्र काटिएको थियो।

बराल कालोसूचीमै रहेका बेला उम्मेदवार बन्न योग्य रहेको भन्दै झूटो विवरण दिएको र अझै कालोसूचीमा रहेकाले उम्मेदवार बन्न नपाउने उजुरीमा उल्लेख छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय, कास्की ३ मार्फत कास्की कोट निवासी बोधराज सुवेदीले उजुरी दिएका हुन्।

२०७६ साल १० माघमा काला सूचीमा राखिएको पत्रमा उल्लेख भएअनुसार बराल रहेको संस्थाले ३८ लाख २४ हजार रुपैयाँ तिर्न बाँकी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ