arrow

शिलान्यास मात्रै भएको अस्पताल कसरी बन्यो शंकर पोखरेलको संकल्पपत्रमा तयार ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १ बिहिबार
Shankar-Pokharel1.jpg
तस्बिर – फाइल ।

दाङ । घोराही उपमहानगरपालिका–४ को भकारेमा २०७७ साल मंसिर १३ गते तत्कालीन लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा एमालेबाट उम्मेदवार बनेका शंकर पोखरेलले शिलान्यास गरेको १५ शैयाको अस्पताल निर्माण समयावधि सकिन १२ दिन बाँकी छ ।  

वडा नं ४ मा दुई वर्षभित्र १५ शैयाको अस्पताल बनाउने शिलान्यास भए पनि उक्त अस्पताल निर्माणका लागि एउटा इट्टासमेत थप्ने काम भएको छैन । तर दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका एमाले महासचिव पोखरेलले केही दिनअघि मंसिर ४ गतेको निर्वाचनको पूर्वसन्ध्यामा घोराहीमा सार्वजनिक गरेको संकल्पपत्रमा घोराही–४ मा १५ शैयाको अस्पताल तयार भन्ने उल्लेख छ । 

संकल्पपत्रमा ‘दंगालीको विश्वास– प्रदेशको नेतृत्व र दाङको समृद्धिमा हाम्रो योगदान’ शीर्षकको तेश्रो पेजमा घोराहीको ४ नं वडामा १५ शैयाको अस्पताल निर्माणको काम गरिएको छ’ भन्ने उल्लेख गरिएको छ । तर उक्त अस्पतालको भवन निर्माणको काम भने अझै शुरु भएको छैन । 

भवन निर्माणका लागि ०७८ असार २८ गते राजेन्द्र निर्माण सेवा संग सम्झौता भएपनि अस्पतालको भवन निर्माणको काम शुरु हुन नसकेको घोराही उपमहानगरपालिकाले जनाएको छ । 

संघीय सरकारको १० करोड ६६ लाख ४ हजार ९ सय १ रुपैयाँमा ०७९ असार मसान्तभित्र हस्पिटल बनाउने सम्झौता भएको थियो । तर उक्त अस्पतालको शिलान्यास बाहेक अरु काम नै हुन सकेको छैन । 

शिलान्यास भएर काम नै शुरु नभएको अस्पतालको भवन एमालेका उपमहासचिव समेत रहेका उम्मेदवार पोखरेलद्वारा सार्वजनिक गरिएको संकल्पपत्रमा निर्माण गरेका छौं भन्ने उल्लेख गरेको खवर सुन्दा स्थानीय आश्चर्यमा परेका छन् ।
 
‘एमालेले आफूले नगरेका राम्रा कामहरु हामीले गरेका हौँ भनेर चुनावमा भोट माग्ने गरेको सुनेका थियौँ  तर विश्वास लागेको थिएन’, घोराही उपमहानगरपालिका–४ भकारे निवासी एक स्थानीयले भने, ‘तर आज आफ्नै गाउँमा शिलान्यास मात्रै भएको अस्पताल बनाएका छौं भनेर प्रचार गरेको सुन्दा आश्चर्यमा परेका छौं ।’

उनले १५ शैयाको अस्पताल पोखरेलले शिलान्यास गरे पनि त्यसपछि फर्केर नआउँदा अस्पताल बने जस्तो मान्नु स्वभाविक रहेको प्रतिक्रिया दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ