arrow

सोचेजस्तो परिणाम नआउने निष्कर्षमा एमाले, यस्तो छ आँकलन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १ बिहिबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन आगामी आइतबार हुँदै गर्दा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्नो पक्षमा नजिता पार्न देशभर विभिन्न कसरत गरेपछि सोचेजस्तो परिणाम ननिस्कने निष्कर्षमा पुगेको छ । 

प्रत्यक्षमा ९० र समानुपातिकमा ५० सिट ल्याउने लक्ष्यसहित अघि बढेको एमालेले आफ्नो आन्तरिक मूल्यांकनमा बढीमा ४४ सिट र कम्तीमा ३५ सिटको हिसाबकिताब गरेर बसेको छ । 

एमालेको आन्तरिक रिपार्टमा कर्णाली प्रदेशमा मुस्किलले एक सिट जित्न सक्ने अनुमान गरिएको छ । त्यसैगरी सुदूरपश्चिममा दुई देखि ४ सिट अनुमान गरिएको छ । तर यसअघि नै अध्यक्ष केपी शर्मा ओली कर्णाली र सुदूरपश्चिममा शून्य हुने चिन्तामा परेको बताइन्छ ।

वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा एमाले मुख्य प्रतिस्पर्धी रहेको कर्णालीमा कांग्रेसभित्रै अन्तर्घात नभए र गठबन्धनको भोट सहजै एकअर्कामा ट्रान्सफर भए प्रतिनिधि सभामा एमाले शून्य हुनेछ अवस्थासमेत रहेको छ । 

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणामलाई हेर्ने हो भने कर्णालीमा गठबन्धन नै बलियो देखिन्छ । १२ प्रतिनिधि सभा रहेको कर्णालीमा ८ निर्वाचन क्षेत्र गठबन्धनको जित सुनिश्चित छ भने अन्य ४ निर्वाचन क्षेत्रमा आफ्नै पूर्वसहकर्मी र बागीका कारण गठबन्धनका उम्मेदवार रेड जोनमा पर्ने देखिन्छ ।

त्यसैगरी एमालेले बागमती प्रदेशमा पनि धेरै सिटको अपेक्षा गरेको छैन । सकेसम्म बल गर्ने रणनीतिमा एमाले रहेको छ । दुई दिनमा आन्तरिक बाह्रय पक्ष मिलाउने गरी एमाले भित्र भित्रै लागेको छ । 

५ देखि ७ सिट जित्न सकिने अनुमान गरेको छ । सबैभन्दा ठूलो अपेक्षा प्रदेश १ मा गरेको छ । एमालेले प्रदेश १ मा सकेसम्म १३ सिट ल्याउने कम्तीमा पनि १० सिट जित्ने अनुमान गरेको छ । 

एमालेको आफ्नै प्रदेश १ मात्रै अपेक्षा धेरै गरेको छ । त्यसैगरी मधेस प्रदेशमा जसपासँग गठबन्धन गर्दा पनि एमालेले अपेक्षाकृत सिट हात नपार्ने निष्कर्षमा रहेको छ । बढीमा ७ सिटको अपेक्षा गरेको छ । 

त्यस्तै एमालेको सबैभन्दा बलियो रहेको गण्डकी र लुम्बिनीमा पनि एमालेले बढीमा १५ मात्रै सिट जित्ने अपेक्षा गरेको छ । यसले गर्दा एमालेको अंक गणित यसपल्ट निकै कमजोर रहेको छ । 

यो बाहेक गृहमन्त्रालयको पछिल्लो रिपार्ट अनुसार एमालले जित्ने सिट २१ मात्रै निकालिएको छ । एमाले आफैँले जित्ने भनेको स्थानमा पनि गृहको रिपार्टले २१ सिट मात्रै निकालेपछि एमालेलाई आउँदो निर्वाचन निकै मुस्किल पर्ने अनुमान गरिएको छ ।

 ‘एमालेले २१ सिटमा जित्ने र ३० वटा क्षेत्रमा कडा प्रतिस्पर्धा गर्ने रिपार्ट रहेको छ’, मन्त्रालयका एक अधिकारीले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ