एजेन्सी । इङ्गलिश प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिनेमा म्यान्चेस्टर सिटी, चेल्सी र टोटनह्याम छन् । चारवटा खेल खेलिसकेका यी टोलीहरु सिजनमा अहिले सम्म पराजित भएका छैनन् ।
यस्तै, एभर्टन पनि अपराजित यात्रा कायम गर्ने रेसमा छ । अरुभन्दा एक खेल कम खेलेको एभर्टन पनि खेलमा पराजित भएको छैन । यद्यपि, एभर्टनको अपराजित यात्राको टुङ्गो भने सोमबार राति हुने सण्डरल्याण्डविरुद्धको खेलले तय गर्नेछ । खेल नेपाली समय अनुसार १२ः४५ बजे सुरु हुनेछ ।
यो खेलको नतिजा आफ्नो पक्षमा पार्न एभर्टनलाई पक्क सजह हुने छैन । खेल सण्डरल्याण्डको खेल मैदानमा हुने भएकाले बाह्य मैदान र दर्शकबीच अनुकुल नतिजा निकाल्न एभर्टनको लागि ठूलो चुनौती पनि हो ।
३ खेल खेलिसकेको एभर्टनले दुईमा जित र एकमा बराबरी खेलेको छ । ७ अंकसहित तालिकाको आठौं स्थानमा रहेको एभर्टनले यो खेल जित्न सके तालिकाको तेस्रो स्थानमा बसेको म्यान्चेष्टर युनाइटेडलाई धकेल्दै दोस्रो स्थान कब्जा गर्न सक्ने छ ।
एभर्टनको दोस्रो स्थानमा उक्लने सम्भावना पनि जीवितै छ तर त्यसको लागि उसले चेल्सीलाई अंकसँगै गोल अन्तरले पनि पछि पार्नुपर्ने हुन्छ ।