arrow

खराब मौसम पूर्ण रुपमा सुध्रिन अझै केही दिन लाग्ने, मंगलबारबाट क्रमिक सुधार

logo
प्रकाशित २०७३ भदौ २७ सोमबार
mausam.jpg.jpeg
काठमाडौं । देशभर भएको मौसम बदलीमा पूर्ण सुधार आउन अझै केही दिन लाग्ने भएको छ । भारतको विहार र ओडिसामा विकसित न्यूनचापीय क्षेत्र र नेपालमा रहेको न्यूनचापीय मनसुनी रेखाको कारण मध्य नेपाल र पूर्वी क्षेत्रका अधिकांश स्थानमा भारी वर्षा भएको छ ।
 
यस्तै, पश्चिमाञ्चलका केही क्षेत्रमा पनि वर्षा भएको छ भने सुदूरपश्चिममा पनि मौसम बदली भएको छ । काठमाडौं उपत्यकामा भने भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार बदली भएको मौसममा पूर्ण सूधार आउन दुई तीन दिन अझै लाग्ने भएको छ । यद्यपि, सोमबार भन्दा मंगलबार केही सुधार आउने मौसमविद् कँंडेलले जानकारी दिइन् । 
 
हवाई उडानका लागि भिजिविलिटी केही घटे पनि उडानमा समस्या आएको छैन । मौसमविद् कँडेलका अनुसार पानी परिरहेपनि ६ किलोमिटर भिजिविलिटी छ । 
 
सामान्यतः सेप्टेम्बर २३ सम्म मनसुन रहने भएपनि केही दिन बढ्न सक्ने मौसमविद्को भनाई छ । गत वर्ष अक्टोबर ७ सम्म मनसुन सक्रिय रहेको थियो । यस वर्ष जुन १५ अर्थात् असार १ गते पूर्वबाट मनसुन भित्रिएको थियो । यस्तै, भारी वर्षाले केही स्थानमा पहिरो गएको र कोशी तथा महाकाली नदीमा पानीको बहाव खतरा सूचक भन्दा माथि पुगेको मौसम विभागको वाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ