arrow

दाहाल भ्रमणमा भारतले निम्तो पठायो ३५ जनालाई, जाने भए ४२ जना

logo
प्रकाशित २०७३ भदौ २७ सोमबार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणमा आतिथ्यता प्रदान गर्ने देशले भ्रमण दलमा सहभागि हुनेको लागि पठाएको कोटा भन्दा नेपाली सहभागि बढी हुने देखिएको छ। भारतले आतिथ्यताका लागि व्यवस्थापनका लागि उसको विदेश मन्त्रालय मार्फत परराष्ट्र मन्त्रालयलाई संख्या तोकेर पठाएको थियो। तर भारतले पठाएको संख्माया र यहाँबाट जानुपर्ने संख्यामा तालमेल नमिल्दा थप केहि व्यक्तिलाई भ्रमण दलमा थप्नुपर्ने भएको छ। बिहिवारदेखि हुने प्रधानमन्त्री दाहालको भ्रमणमा भारतले ३५ जनालाई आतिथ्यता गर्ने भनेर जानकारी पठाएपनि भारत भ्रमणमा जाने भनेर परराष्ट्र मन्त्रालयले तय गरेको नामावलीमा भने ४२ जना पुगेको छ । 
 
भ्रमणदलमा प्रधानमन्त्रीसँगै विभिन्न मन्त्रीहरु, प्रधानमन्त्रीकी धर्मपत्नी, स्वकीय सचिव, सरकारी मिडियाका पत्रकारहरु लगायत ४२ जनाको नाम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार भारत भ्रमणमा जानेको नामावलीको संख्या भारतबाट आएको आतथ्यता सम्वन्धी जानकारी भन्दा बढी भएपछि परराष्ट्र मन्त्रालयले यस विषयमा फेरि अर्काे पत्र पठाएर सात जनाको नामावली थप्न आग्रह गरेको छ। तर, अहिलेसम्म पनि भारतबाट पत्र फिर्ता आईसकेको छैन । सम्भवत सोमबार साँझसम्म सबै ४२ जनाको नामावली नै भारत सरकारले अनुमोदन गरेर पठाउने छ।
 
भारत सरकारको पाहुना बन्ने बाहेक पनि नेपालबाट बफ्नै खर्चमा भारत जाने व्यापारीहरु भने उल्लेख्य छन् भने पत्रकारहरु पनि करिव ३५ जना रहेका छन्। उनीहरु भने व्यक्तिगत र संस्थागत खर्चमा भारत भ्रमणमा रहनेछन्।  परराष्ट्रमन्त्री प्रकारशरण महत भने भारत भ्रमणमा हुनुहुन्छ। उनले आफ्ना समकक्षी लगायत उच्च राजनीतिक नेतृत्वसँग छलफल र भेटघाट गरिरहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ