arrow

प्रकाशशरणले दाहाल र मोदीको भेट शुक्रबार हुने पक्का गरे

भारतले गरायो औपचारिक जानकारी

logo
प्रकाशित २०७३ भदौ २७ सोमबार
nepal-pr-and-india-su.jpeg
काठमाडौं । परराष्ट्रमन्त्री प्रकाशशरण महतको भ्रमणपछि मात्रै भारतले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणबारे औपचारिक जानकारी गराएको छ । महतले प्रधानमन्त्री दाहालको समकक्षीसंगको भेटको तिथि पनि तय गरेका छन् । सोमबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै औपचारिक जानकारी गराएको हो । सोमबार मात्रै परराष्ट्रमन्त्रीले समकक्षी सुष्मा स्वराजसंग भेटवार्ता गरेका थिए । भेट लगत्तै विदेश मन्त्रालयले प्रधानमन्त्रीको भ्रमणबारेको औपचारिक जानकारी गराएको हो । 
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आमन्त्रणमा आगामी विहिबार देखि आइतबार (सेप्टेम्बर १५ देखि १८) सम्म चार दिन   नेपालका प्रधानमन्त्री दाहाल भारत भ्रमणमा रहने विज्ञप्तिमा उल्लेख छ । भ्रमणमा प्रधानमन्त्री दाहालसँगै धर्मपत्नी सीता दाहाल लगायत उच्च तहका प्रतिनिधिहरुको सहभागी हुने भारतले नै भनेको छ । 
  
प्रधानमन्त्री दाहालले समकक्षी नरेन्द्र मोदीसँग नेपालबाट गएको भोलि पल्ट शुक्रबारै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यपछि दाहालले राष्ट्रपति प्रणव मुखर्जी र अन्य मन्त्रीहरुसँग पनि भेट गर्ने छन् । नेपालका प्रधानमन्त्रीको भ्रमणले आपसी हित र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउन छलफलको अवसर सिर्जना गर्ने समेत विज्ञप्तीमा उल्लेख छ ।
 
 
द्विपक्षीय भेटघाटको अवसरमा पररास्ट्र मन्त्री महतले भारतका विदेश मन्त्री स्वराजलाई पशुपतिको प्रसाद,रुद्राक्ष, चन्दन उपहार प्रदान गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ