arrow

महाधिवेशनको विषयमा भ्रम नर्छन तरुण दलका पूर्व पदाधिकारीको आग्रह

logo
प्रकाशित २०७३ भदौ २७ सोमबार
tarun-bal-photo-555x335.jpeg
काठमाण्डौ । नेपाल तरुण दलको चौथो महाधिवेशनको बारेमा सञ्चार माध्यम मार्फत भम्र फैलाईको भन्दै विधान समिती र केही सदस्यलाई पूर्व पदाधिकारीहरूले तदर्थवादको आरोप लगाएका छन् । 
 
 रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सञ्चार माध्यमबाट केन्द्रिय समिति र दलका अध्यक्ष उदय शम्शेर राणाले एकलौटि गरेको भन्ने विषयलाई लिएर नकारात्मक सन्देश प्रवाह गरेको भन्दै विधान समितिका संयोजक मेदिनि सिटौला र अन्य केन्द्रिय सदस्यहरूले तदर्थवादको चरित्र देखाएकोमा दुख लागेको बताउदै परिवर्तनको बाधकको संज्ञा दिएका छन् ।
 
कार्यक्रममा बोल्दै नेपाल तरुण दलका पूर्व महासचिव पदम पालुङ्वाले भने “बाह्र बर्ष पछि हुन लागेको नेपाल तरुण दलको महाधिबेशन आस्था र भावनाको आधारमा पोखरामा हुँदैछ, सञ्चार माध्यायममा आएका सुचना र हल्लामा नलाग्न सबैलाई आग्रह गर्दछु ।” 
 
केन्द्रिय समिति र विधान समितिजस्तो गरिमामय स्थानमा बसेर एकलौटि र कब्जा गर्न लागेको आरोप लगाएर गलत प्रचार गरेकोमा आफूहरूलाई अच्चम लागेको बताए । कार्यक्रममा दिनेश भट्टले प्रेस विज्ञप्ती वाचन गर्दै संगठनको महाधिबेशन आउँदो असोज ३ देखि ५ गतेसम्म पोखरामा सम्पन्न हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ