- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तेह्रथुम । बिहानैदेखि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत मतदान भइरहँदा तेह्रथुममा एक जनाको मृत्यु भएको छ । ८८ वर्षीय वृद्धको मतदानका लागि लाइनमा बस्ने क्रममा मृत्यु भएको हो ।
तेह्रथुमको लालीगुराँस नगरपालिका ८ स्थित रत्न मावि मतदान केन्द्रमा लाइन बसेका योङहाङ दीप लिम्बूको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिए ।
यसअघि स्थानीय तहको निर्वाचनमा पनि मतदानका क्रममा केहीको मृत्यु भएको थियो ।