arrow

कर्णेल कुमार लामाकी बहिनीले भनिन्, ‘असोज ३ गते एयरपोर्ट आउनु भन्नु भा छ’

logo
प्रकाशित २०७३ भदौ २७ सोमबार
kumar-lama-new.jpg.jpeg
काठमाडौं । लण्डनको चर्चित सेन्ट पल्स गिर्जाघर नजिकै रहेको ओल्ड बेली केन्द्रीय फौज्दारी अदातलले सफाइ दिएपछि नेपाली सेनाका महासेनानी एवं कर्णेल कुमार लामा नेपाल फर्किँदै छन् । लामा धर्मपत्नीका साथमा आउँदो असोज ३ गते नेपाल फर्कँन लागेका हुन् । 
 
असोज ३ गते नेपालमा विशेष समारोह आयोजना हुँदैछ । संविधान जारी भएको दिनको सम्झनामा असोज ३ लाई संविधान दिवसका रुपमा मनाउने सरकारको तयारी छ । जुन दिन देशभर दिपावली हुँदैछ । लामा सोही दिन घर फर्किन लागेकाले उनी पनि खुसीयालीमा पक्कै सरिक हुने छन् ।
 
अदालतले  लामा निर्दोष रहेको भन्दै २१ भदौ मंगलबार सफाई दियो । पद्यपि, लामाविरुद्ध झण्डै एघार वर्षअघि सशस्त्र द्वन्द्वका क्रममा  कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित एक सैनिक व्यारेकमा थुनामा रहेका दुईजना नागरिकलाई चरम यातना दिएको अभियोग के थियो र घटनाक्रम कसरी लुक्यो भन्नेबारे अब सत्य निरुपण तथा मेलमिलाप आयोगले छानविन गर्ला की ? पीडितहरुका आशा । 
 
लामालाई त अदालतले माफि दियो तर, गोरुसिंगेका जनकबहादुर राउत र करिम मियाँलाई न्याय दिन सक्ला सरकार ? प्रश्न उब्जिएको छ । अब यसको छानविनको जिम्मा आयोगलाई आएको छ । लामाकी बहिनी शर्मिला थापाले हाम्राकुरासंग भनिन्, ‘दाइले म ३ गते आउँदै छु । मलाई एयरपोर्टमा लिन आउनु भन्नु भएको छ ।’ लामा बेलायतमा अहिले धर्मपत्नी र दुई छोरीसंग बसिरहेका छन् । 
 
शर्मिलाले भनिन्, ‘भाउजू उतै अस्पतालमा काम गर्नु हुन्छ । उहाँ नर्स हो ।’ साथमा छोरीहरु पनि छन् ।’ लामाको काठमाडौं बसोबास बसुन्धारामा छ ।
 
यो पनि पढ्न नछुटाऔं  

कर्णेल कुमार लामाले सफाई पाए, घर फर्किने बाटो खुल्यो 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ