arrow

निर्वाचनको विरोध गर्ने मकवानपुर जिल्ला इन्चार्जसहित नेकपा बहुमतका सात जना पक्राउ

logo
रविन्द्र गौतम, 
प्रकाशित २०७९ मंसिर ४ आइतबार
election-birodhi-pakrau-hetauda.jpg

हेटौंडा । निर्वाचनको विरोध गर्ने ७ जना पक्राउ परेका छन् । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नं १० स्थित बसपार्कबाट संघीय निर्वाचन खारेजको माग गरेका नेकपा बहुमतका ७ जना पक्राउ परेका हुन् । निर्वाचनको विरोध गरेका कारण उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा मकवानपुर जिल्ला ईन्चार्ज रवि खड्कासहित हुन् । 

यी हुन् पक्राउ पर्नेहरु–
१,    नेकपा बहुमत समूह जिल्ला ईन्चार्ज हेटौडा १० बस्ने वर्ष ४१ रवि खड्का ।
२,    नेकपा बहुमत समूह जिल्ला संयोजक हेटौडा १५ बस्ने वर्ष ४८ शक्ति मगर ।
३,    नेकपा बहुमत समूहजिल्ला सचिवालय सदस्य बागमती गापा ४ बस्ने वर्ष ५१ को लिला माझी ।
४,    नेकपा बहुमत समूह जिल्ला सदस्य हेटौडा १० बस्ने वर्ष ४३ को अजय गहतराज ।
५,    नेकपा बहुमत समूह जिल्ला सदस्य हेटौडा ११ बस्ने वर्ष ३५ को बिकास लामा ।
६,    नेकपा बहुमत समूह जिल्ला सदस्य बागमती गापा ८ बस्ने वर्ष ५० को अनिल सिङ्तान ।
७,    नेकपा बहुमत समूह जिल्ला युवा अध्यक्ष हेटौडा ८ बस्ने वर्ष ३० को बसन्त लामा ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ