arrow

निर्वाचनमा मतदान शान्तिपूर्ण भइरहेको गृहमन्त्री खाँणको जनाउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
balkrishna-khand-final3.jpg
तस्बिर – फाइल ।

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका छन् । गृहजिल्ला रुपन्देहीको मतदान केन्द्र अवलोकन गरिरहेका खाँणले छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका हुन् । 

‘मुलुकभरि शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भइरहेको छ,’ उनले सञ्चारकर्मीसँग भने, ‘शान्तिपूर्ण रुपमै मतदान होस् भन्ने सबै क्षेत्रको चाहना रहेको र त्यसअनुसार सरकारले सुरक्षा व्यवस्थालाई कडा पारेको छ ।’

रूपन्देही ३ का उम्मेदवारसमेत रहेका गृहमन्त्री खाँणले सिद्वार्थनगर नगरपालिकाका विभिन्न वडामा रहेका मतदान स्थल अवलोकन क्रममा सो जानकारी दिएका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ