arrow

सातौं राष्ट्रिय खेलकुदको जिल्ला छनोट प्रतियोगिता सुरु

logo
प्रकाशित २०७३ भदौ २७ सोमबार
satau-rastriya-gems--new.jpeg
काठमाडौं । पूर्वाञ्चलमा आगामी मंसिर ८ देखि आयोजना हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्षेत्रीय प्रतियोगिताका लागि जिल्ला छनोट सुरु भएको छ ।
 
यसै क्रममा धादिङ्ग जिल्लाले क्षेत्रीय प्रतियोगिताको लागि एथ्लेटिक्सको छनोट गरी पहिलो जिल्ला छनोटको सुरुवात गरेको छ । यही भाद्र २५ गते भएको जिल्ला एथ्लेटिक्स छनोट प्रतियोगिताबाट राजीव गुरुङ्ग, रवी तामाङ्ग, संजीव कुमार श्रेष्ठ, सुजन श्रेष्ठ, रिजन श्रेष्ठ, विशाल तामाङ्ग, सजिना श्रेष्ठ र विन्दा श्रेष्ठ छनोट भएका धादिङ्ग जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
 
यस्तै, अन्य छनोटमा फुलकन्ट्याक्ट कराते भाद्र २९ गते, चेस ३० गते, फुटबल पुरुष ३१ गते, उसु अशोज १ गते, तेक्वान्दो ४ गते, भलिवल ६ र ७ गते, कराँते १३ गते हुने तय भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ