arrow

परराष्ट्र मन्त्री भारतीय मन्त्रीहरुसँग भेटघाटमा व्यस्त

logo
प्रकाशित २०७३ भदौ २७ सोमबार
Mahat-_piyush.jpeg
काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रकाशशरण महत र भारतका विभिन्न नेता र मन्त्रीहरुबीच भेटघाट भएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग विहानै भारतीय विदेश मन्त्रालयमा भेटघाट गरेका महतलाई भारतका विभिन्न राजनीतिक दलका नेताहरुसँग समेत भेटघाटको क्रम चलिरहेको छ। महतसँग काँग्रेस आईका महासचिव जनार्दन दुवेदीले पनि भेटघाट गरेका छन् ।
 
मन्त्री महतसँग काँग्रेस आईका महासचिव जनार्दन दुवेदी भेटघाट गर्दै
 
महतले सोमबार अपरान्ह भारतीय विद्युत मन्त्री पियूष गोयलसँग भारतीय विद्युत मन्त्रालय श्रमशान्ति भवनमा भेटघाट गरे। सो लगत्तै महतले जलस्रोत मन्त्री उमा भारतीसँग पनि मन्त्रालयमा नै भेट गरे। भारतीय विद्युत मन्त्री र जलस्रोत मन्त्रीसँग महतको वार्ता विजुली र पानीमा केन्द्रित रहेको बुझिएको छ।  
 
प्रधानमन्त्रीको बिहीबारदेखि हुने भ्रमणको चाँजोपाँचो मिलाउन आईतबार महत भारत भ्रमणमा भएका थिए । उनी मंगलबार स्वदेश फिर्ता हुने कार्यतालिका छ । यस पछि उनले त्यहाँको वित्त मन्त्री र अन्य मन्त्रीहरूसँग उर्जा तथा विकास सम्झौताबारे छलफल गर्ने कार्यक्रम छ ।
 
राष्ट्रमन्त्रीले भारत जानुअघि पञ्चेश्वर आयोजना र हुलाकीमार्गबारे छलफल गर्ने बताएका थिए ।  
 
मन्त्री महतसाग विद्युत मन्त्री पियुस गोयल भेटघाटमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ