arrow

विद्यार्थी संगठनहरु किन पुगे बालुवाटार ?

logo
प्रकाशित २०७३ भदौ २७ सोमबार
Pm-kaha-student.jpeg
काठमाडौं । विभिन्न विद्यार्थी संगठनहरुले प्रधानमन्त्रीको आसन्न भारत भ्रमण र समसामयिक विषय उल्लेख गर्र्दै प्रधानमन्त्रीको ध्यानाकषर्णण गराएका छन् । 
 
अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र मधेश विद्यार्थी फ्रन्ट लगायत ८ संगठनले सोमबार प्रधानममन्त्री निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन् । 
 
नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामासहित गएको प्रतिनिधि मण्डलले बुझाएको ज्ञापन पत्रमा शिक्षा, स्वास्थ्य र रोजगारलाई मौलिक कहको रुपमा गरिएको संवैधानिक ग्यारेन्टीलाई कार्यान्वयन गर्न ठोस कदम अघि बढाउनु पर्ने, संवैधानिक प्रावधान अनुसार विद्यालय शिक्षालाई पूर्ण निःशुल्क गर्नु पर्ने, सर्टिफिकेटका आधारमा ऋण पाउने अघिल्लो सरकारको निर्णयलाई कार्यान्वयन गर्नु पर्ने लगायतका माग राखेका छन् । 
 
ज्ञापन पत्रमा आसन्न भारत भ्रमणको विषय समेत उल्लेख छ । यस्तै, भूकम्प र बाढी पीडितलाई रातह तथा सहुलीयत तत्काल दिनु पर्ने तथा कालोबजारी नियन्त्रण गर्नुपर्ने विषयमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ