arrow

मतदानपछि ओलीले गरे मङ्सिर १५ भित्रै एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
kp-sharma-oli-election.jpg

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर १५ गतेभित्रै देशले एमालेको नेतृत्वमा नयाँ सरकार पाउने दाबी गरेका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानपछि उनले एमालेको नेतृत्वमा नयाँ सरकार पाउने दाबी गरेका हुन् ।

यस वर्ष मतगणना छिटो सम्पन्न हुने भएकाले मङ्सिर १५ गतेभित्रै देशले नयाँ सरकार पाउने उनको भनाइ छ । 

अध्यक्ष ओलीले भने, “यो निर्वाचन देशका लागि महत्त्वपूर्ण निर्वाचन हो, यही निर्वाचनले देशलाई सकारात्मक बाटोमा अगाडि बढाउँछ भन्ने विश्वास गरेको छु । त्यसैले मतदान गर्न बाँकी भएका सबै मतदाताले आफूलाई मन परेको दल र नेतालाई मतदान गर्न आग्रह गर्दछु ।”

ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।

साथै जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको बताए। 



नयाँ