arrow

नगरपालिकाको विकासका लागि विश्व वैंक र एडिवीसँग मन्त्री केसीले गरे पहल

logo
प्रकाशित २०७३ भदौ २७ सोमबार
minister-kc-adb-world-bank.jpeg
काठमाडौं। सहरी विकास मन्त्री अर्जुननरसिंह केसीसँग सोमवार विश्व बैंक र एशियाली विकास वैंकका अधिकारीहरुले छुट्टाछुट्टै भेट गरी नेपालको विकास प्रयासमा विश्व वैंक र एशियाली विकास वैंकको सहयोगको अवस्था, व्यवस्थित सहरीकरणका लागि अपनाउनु पर्ने रणनीतिहरु र भुकम्पपछिको पुननिर्माण लगायतका विषयहरुमा छलफल गरेका छन्। 
 
बिश्व वैंकका कन्ट्री म्यानेजर ताकुया कामातासंगको भेटमा मन्त्री केसीले बिश्व वैंकको सहयोगमा शहरी शासकीय तथा क्षमता विकास कार्यक्रम, उदीयमान सहर परियोजना संचालन भईरहेका ६ वटा नगरपालिकामा नगरपालिकाको क्षमता अभिबृद्धी, संस्थागत र पूर्वाधार विकासका साथै राजश्व संकलनका क्षेत्रमा सराहनीय काम भईरहेको उल्लेख गर्दे दोस्रो चरणमा अध्ययन गरिएका १६ नगरपालिका पछि तेस्रो चरणमा २५ वटा नगरपालिकामा परियोजना संचालन गर्न सहयोगका लागि आग्रह गरे। मन्त्री केसीले विश्व वैंकको राष्ट्रिय रणनीतिमा सहरी विकास प्राथमिकतामा पार्न आग्रह गर्दे सहयोगका क्षेत्र निर्धारण गर्दा एकिकृत पूर्वाधार विकासमा ध्यान दिन समेत आग्रह गरे। मन्त्री केसीले सरकार भुकम्प पछिको पुननिर्माणमा क्रियाशिल रहेको वताउँदै वनिसकेका घरहरुलाई पनि मापदण्ड भित्र पर्ने वनाएर उनीहरुलाई सहयोग गर्ने जानकारी समेत दिएको उनका प्रेस संयोजक शिव देवकोटाले जानकारी दिए।  
 
 
 
भेटमा कन्ट्री डाईरेक्टर कामाताले नगरपालिकाहरुको एकिकृत विकास हुनुपर्ने धारणालाई आफूले महत्वका साथ लिएको वताए। कामाताले नेपालको भुकम्प पछिको पुननिर्माणमा आवश्यक सहयोग गर्न विश्व वैंक प्रतिवद्ध रहेको धारणा व्यक्त गरे। भेटमा सहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा र विश्व वैंककी खानेपानी तथा सरसफाई विज्ञ शिल्भा श्रेष्ठको समेत उपस्थिती थियो।
 
यसैगरी सोमवारनै सहरी विकास मन्त्री केसीसँग एशियाली विकास वैंकका कन्ट्री डाईरेक्टर केनिची याकोहामाले पनि शिष्टाचार भेट गरेका छन्। भेटमा मन्त्री केसी र याकोहामा वीच नेपालको व्यवीस्थत सहरी विकास र एशियाली बिकास वैंकको सहयोगका सम्वन्धमा छलफल भएको थियो।
 
त्यसक्रममा मन्त्री केसीले शहरी वातावरणीय सुधार आयोजना, काठमाडौं सहरी विकास आयोजना र पोखरा पर्यटकीय एकिकृत सहरी विकास आयोजना एशियाली विकास वैंकको सहयोगमा सम्पन्न भएकोमा नेपाल सरकारको तर्फवाट धन्यवाद ज्ञापन गर्दे मन्त्रालयले घोषणा गरेका स्मार्ट सिटी र पूर्व पश्चिम हुलाकी मार्गमा स्थापित हुने तथा मध्य पहाडी राजमार्गमा वन्ने सहरहरु मापदण्ड अनुरुप वनाउन एशियाली विकास वैंकको संलग्नताका लागि आग्रह समेत गरे। मन्त्री केसीले सरकारले घोषणा गरेका २१७ नगरपालिकामा ४२ प्रतिशत जनताको वसोवास रहेपनि न्यूनतम आधारभूत पूर्वाधार नभएकाले यसका लागि पनि लगानीमा संलग्न हुन  एडिवीलाई आग्रह गरेका थिए।
 
मन्त्री केसीले एशियाली विकास बैंकको सहयोगमा करीव १५ अर्व रुपैयाको लागतमा  भिमदत्त , पिपलाडी, अत्तरीया,धनगढी नगरपालिकामा  संचालन हुन गईरहेको क्षेत्रीय शहरी विकास आयोजना र विराटनगर विरगञ्ज,नेपालगञ्ज र रुपन्देही नगरपालिकामा सहरी पूर्वाधार निर्माण आयोजनाको सफल कार्यान्वयन गरि र सहयोगको सदुपयोग गरिने विश्वास दिलाउँदै एशियाली विकास बैंकको लगानीमा भईरहेका आयोजनाहरुमा तोकिएअनुसार नै खर्च हुने अवस्था सिर्जना गर्न र देखिएका समस्याहरु समाधान गर्न मातहतका निकायहरुको प्रभावकारी परिचालन गरिने बिश्वास समेत दिलाउनुभयो ।
 
त्यसक्रममा एशियाली विकास वैंकका कन्ट्री डाईरेक्टर याकोहामाले नेपालको विकास प्रयासमा एडिवीको निरन्तर सहयोग रहने वताउँदै आयोजनाहरुको सफल कार्यान्वयन गर्न प्रोजेक्ट बैंक वनाएर अघि बढ्न प्रस्ताव गरे। याकोहामाको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै मन्त्री केसीले त्यस सम्वन्धमा आवश्यक पहल गर्न आफ्नो तर्फवाट अधिकतम प्रयास हुने बिश्वास समेत दिलाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ