arrow

स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल प्रकाशित

logo
प्रकाशित २०७३ भदौ २७ सोमबार
TU-Building-300x240.jpg.jpeg
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको समाजशास्त्र-मानवशास्त्र विषय (सोधपत्र बाहेक) को परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । 
 
त्यसैगरी, २०७३ साल वैशाख-जेठ महिनामा सञ्चालित शिक्षाशास्त्र सङ्काय स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाको परीक्षाफल पनि आजै प्रकाशित गरिएको छ । 
 
परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np तथा www.educationkhabar.com मा हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ नम्बरमा डायल गरी तथा ४९४९ मा म्यासेज गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ