arrow

छब्बीस जिल्लाका ४८ मतदान केन्द्रमा झडप र विवाद

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
voting-2079-election.jpg
तस्बिर – फाइल ।

काठमाडौं । आजको निर्वाचनको क्रममा मुलुकभर २६ जिल्लाका ४८ वटा मतदान केन्द्रमा झडप र विवाद भएको छ । झडप विवाद हुँदा  मतदान कार्य प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ । 

आइतबार बिहानैदेखि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान भइरहेकामा विभिन्न विषयमा विवाद तथा झडप हुँदा २६ जिल्लाका ४८ वटा मतदान केन्द्रमा मतदान रोकिएको थियो । 

केही स्थानमा भने सुचारु भैरहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले जनाएका छन् । मतदान रोकिएकामध्ये ३५ वटामा पुनः मतदान शुरु भइसकेको छ भने बाँकी ठाउँहरूमा मतदान कार्य नरोक्न छलफल चलिरहेको पनि डीआईजी राइले जानकारी दिए । 

डीआईजी राईले विवाद र झडप हुँदा स्थिति नियन्त्रण गर्न प्रहरीले १५ ठाउँमा गोली चलाएको थियो । ‘  

मतदानको क्रममा विवाद भएपछि त्यहाँको अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर गरेको थियो’, डीआईजी राइले भने । देशभर कहीँ पनि अप्रिय घटना नभएको पनि प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार रौतहट, मोरङ, सिराहा, चितवन, दोलखा, बाजुरा, हुम्लालगायत जिल्लाहरुमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । दोलखा, बाजुरा र चितवनमा प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि थप सुरक्षा बल मगाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ