arrow

कक्षा १२ को परीक्षाफल प्रकाशित : रेगुलर ४८.१७ र एक्जाम्टेड ३९.५९ प्रतिशत उत्तिर्ण

logo
प्रकाशित २०७३ भदौ २७ सोमबार
hseb-result-stat.jpeg
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को शिक्षा, मानविकी र व्यवस्थापन संकायको परीक्षाफल प्रकाशन गरेको छ ।
 
बोर्डको सोमबार बसेको बैठकले परीक्षापल प्रकाशन गर्ने निर्णय गरेसंगै साँझ नतिजा प्रकाशन गरेको हो । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ १ लाख ७५ हजार ५ सय ९३ परिक्षार्थी सहभागि भएकामा ८४ हजार ५ सय ९३ जना उत्तिर्ण भएका छन् । जो ४८ दशमलव १७ प्रतिशत हो । 
 
यस्तै, आंशिक तर्फ १ लाख २३ हजार १ सय ८१ विद्यार्थी सहभागि भएकामा ४८ हजार ७ सय ६३ जना उत्तिर्ण भएका छन् । जुन् ३९ दशमलव ५९ प्रतिशत हो । नियमिततर्फ ३८ जना र आंशिकतर्फ ३६ जनाको परीक्षाफल रद्द भएको छ । 
 
यसअघिको उच्च माध्यामिक शिक्षा परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत वैशाखमा संचालन गरेको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको हो । सरकारले दुई महिना अघि मात्रै शिक्षा ऐन संशोधन गर्दै परिषद्लाई परीक्षा बोर्ड बनाएको थियो । नजिता hseb.edusanjal.com हेर्न सकिने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ