arrow

धमाधम मतपेटिका संकलन [२१ तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
matpatra-kathmandu-2079 (8).jpg

काठमाडौं । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौंमा मतदान सकिएको छ । काठमाडौंका दस वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको हो ।

मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन कार्य शुरु भएको छ । काठमाडौंका १० स्थानमा मतगणना हुने भएको छ । १० वटै क्षेत्रको मतगणना अलग अलग स्थानमा हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

जसअनुसार काठमाडौं क्षेत्र नं १ को मतगणना संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ । क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नम्बर ३ को चामुण्डा स्कुल जोरपाटीमा, क्षेत्र नम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवनमा, क्षेत्र नं ५ को टोखाको श्रीसमाज भवनमा, क्षेत्र नं ६ को धर्मस्थलीमा, क्षेत्र नं ७ को बालाजुको जुडो हलमा, क्षेत्र नम्बर ८ को स्वयम्भुको गीतामाता स्कुलमा, क्षेत्र नम्बर ९ को नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवनमा र क्षेत्र नम्बर १० को मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा हुँदैछ । 

अहिले मतपेटिका संकलनको क्रम चलिरहेको छ । प्रक्रिया पूरा गरी आजैबाट मतगणना शुरु गर्ने तयारी भइरहेको बताइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राति ८ बजेदेखि मतगणना शुरु हुने जनाएका छन् । 

matpatra-kathmandu-2079 (6).jpg
मतपेटिका संकलन
matpatra-kathmandu-2079 (7).jpg
matpatra-kathmandu-2079 (8).jpg
matpatra-kathmandu-2079 (9).jpg
matpatra-kathmandu-2079 (10).jpg
matpatra-kathmandu-2079 (11).jpg
matpatra-kathmandu-2079 (12).jpg
matpatra-kathmandu-2079 (13).jpg
matpatra-kathmandu-2079 (14).jpg
matpatra-kathmandu-2079 (15).jpg
matpatra-kathmandu-2079 (16).jpg
matpatra-kathmandu-2079 (17).jpg
matpatra-kathmandu-2079 (18).jpg
matpatra-kathmandu-2079 (19).jpg
matpatra-kathmandu-2079 (20).jpg
matpatra-kathmandu-2079 (1).jpg
matpatra-kathmandu-2079 (2).jpg
matpatra-kathmandu-2079 (3).jpg
matpatra-kathmandu-2079 (4).jpg
matpatra-kathmandu-2079 (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ