arrow

‘फेशन नोभा’ को आकर्षण करिश्मा

logo
प्रकाशित २०७३ भदौ २७ सोमबार
sugarika.jpeg
काठमाडौं । राजधानमीमा आउँदो असोज १ गते ‘फेशन नोभा’ शो  हुँदैछ । द क्रियशनको प्रस्तुती तथा राईजिङ्ग नेपाल प्रालिको सहकार्य र व्यवस्थापनमा राजधानीस्थित होटल सोल्टी क्राउन प्लाजमा ‘फेशन नोभा’ योजना हुन लागेको हो । 
 
फेशन इन्डस्ट्रीमा लाग्न र यस विषयमा अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि यो फेशन शो कोसेढुंगा सावित हुने आयोजकको विश्वास छ । ३० जना द क्रियशन स्कुल अफ फेशन डिजाइनका विद्यार्थीले तयार पारेको अन्तर्राष्ट्रिय स्तरको डिजाइन १६ जना आकर्षक तथा प्रसिद्ध नेपाली मोडलिङ्ग क्षेत्रका मोडलहरु र्‍याम्पमा प्रस्तुत हुने छन् ।
 
यस्तै शो मा ९ वटा आकर्षक फेशन सिक्वेन्स रहने आयोजकले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । सिक्वेन्स स्टपरको रुपमा नेपाली सिने उद्योगका ख्याती प्राप्त कलाकारहरुले र्‍याम्पमा प्रस्तुती दिनेछन् भने मिडिया पर्सनालिटी, स्पोर्ट पर्सनालिटी लगायतले सो फेशन शो को शोभा बढाउने छन् । 
मुख्य शो स्टपरको रुपमा नायिका तथा समाजसेवी करिश्मा मानन्धरले आकर्षक प्रस्तुती दिने भएकी छिन् । यस्तै कार्यक्रममा नृत्य, गायन तथा हास्यव्यंग्य कलाकारले पनि शो मा प्रस्तुति दिने छन् । 
 
नेपाली फेशन क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तारको साथै द क्रियशनका विद्यार्थिहरुको फेशन कला प्रदर्शन गर्नु शो को मुख्य उद्येश्य रहेको आयोजकले जनाएको छ । शो मा फेशन क्षेत्रमा योगदान पुर्‍याउने एक जनालाई सम्मान गरिने छ । 
 
यस्तै, शो मा ३० डिजाइनरम, १६ मोडल र ८० भन्दा बढी डिजाइन पहिरनको प्रदर्शन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ