काठमाडौं । महिला विश्वकप छनोटका लागि १८ सदस्यीय राष्ट्रिय टोली घोषणा भएको छ । आगामी अक्टोबर ९ देखि हङकङमा आयोजना हुने एसियाली क्षेत्रको छनोट खेलमा नेपालले आयोजक हङकङ सहित चीन र थाइल्याण्डसँग खेल्ने छ ।
सो समूहबाट पहिलो हुने टोलीले सन् २०१७ मा आयोजना हुने वर्ल्ड कप क्वालिफायरमा भाग लिन पाउने छ । छनोट खेलका लागि प्रारम्भिक ४८ जना खेलाडीलाई बन्दसत्रमा राखेको नेपालले सदस्य संख्या २४ मा झार्दै सोमबार १८ जना सदस्यीय टोलीको घोषणा गरेको हो ।
यद्यपि, अन्तिम १४ सदस्यीय टोलीको टुंगो लाग्न भने अझै १० दिन लाग्ने पुरुष राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले बताए । उनले भने, “टोली घोषणाको लागि आइसीसीको कन्फरमेसन चाहिने भएकाले हामीले सदस्यको नामावली आइसीसीलाई पठाइसकेका छौं । अब उताबाट कन्फरमेसन आएपछि अन्तिम १४ सदस्यीय टोलीको टुंगो लाग्नेछ ।’
महिला टोलीको जिम्मेवारी राजु बस्नेतले लिँदैछन् । यद्यपि, बस्नेतलाई प्रशिक्षणमा जगत टमाटा र विनोद दासले सहयोग गर्नेछन् ।
को–को परे १४ सदस्यीय टोलीमा ?
रुविना क्षेत्री
सीता राना मगर
काजोल श्रेष्ठ
सोभा आले
नेरी थापा
निरा राजोपाध्याय
रोशनी बोहरा
सबनम राई
लक्ष्मी चौधरी
संगीता राई
इन्दु बर्मा
ज्योती पाण्डे
सरस्वती चौधरी
अनुराधा चौधरी
रश्मी शर्मा
निर्मला शाही
करुणा भण्डारी
सरिता मगर