arrow

विभिन्न विधामा पत्रकारहरु सम्मानित हुँदै

logo
प्रकाशित २०७३ भदौ २७ सोमबार
logo-NFYA.jpeg
काठमाडौ ।  देशभरका स्वतन्त्र युवा र युवाका क्षेत्रमा काम गर्ने देशभरका गैर सरकारी संघसंस्थाकाे छाता सगंठन नेपाल स्वतन्त्र युवा संघले यस वर्ष पनि विभिन्न पत्रकारहरूलाई सम्मान गर्ने भएको छ । समाजमा पत्रकारिताको माध्यमबाट योगदान पु¥याएका पत्रकारहरूलाई सम्मान गर्दै आएको संघले मंगलबार राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गर्न लागेको हो । 
 
कार्यक्रमको सर्वाेच्च अदालतका पूर्व प्रधान न्यायाधीस कल्याण श्रेष्ठले उद्घाटन गर्ने तयारी रहेको संघका अध्यक्ष विशाल गैरेले जानकारी दिए । यसबर्ष संघले राष्ट्रिय पत्रकारिता सम्मान २०७२ नागरिक दैनिकका सम्पादक गुणराज लुँइटेललाई प्रदान गर्ने निर्णय गरेको छ ।
 
यो सम्मान बि.स २०७१ मा नेपाल समाचार पत्रका सम्पादक टंक पन्त र बि.स २०७२ सालमा कान्तिपुर दैनिकका समाचार सम्पादक हरिवहादुर थापालाई प्रदान गरिएको संस्थाले जनाएको छ ।  
 
त्यसैगरी  टेलिभिजनतर्फ न्यूज २४ का समाचार प्रमुख सुशील अर्याल, अनलाइनतर्फ अन्नपुर्ण डटकमका सम्पादक बिष्णु सुवेदी, पत्रिकातर्फ नयाँ पत्रिका दैनिकका बविन शर्मा र रेडियोतर्फ थाहा सञ्चारगृहका समाचार सम्पादक दिपेन्द्र कुँवरलाई उत्कृष्ट युवा पत्रकार प्रतिभा सम्मान २०७२ बाट सम्मान गर्ने निणर्य  पनि  गरेको सघका अध्यक्ष गैरेले जानकारी दिए । 
 
नेपाल स्वतन्त्र युवा सघको शनिबार बसेको बैठकले नेपालको युवा अभियानलाई संसारभर चिनाउन अमेरिकामा बसेर युवा अभियानमा सक्रिय युवा राम गुरुङ्लाई यस बर्ष राष्ट्रिय युवा प्रतिभा सम्मान २०७२ बाट सम्मान गर्ने निर्णय पनि गरेको  छ । 
 
त्यसैगरी २२ बर्षमा सि.ए पास गर्ने नेपाली बैंकर ३० बर्षीय बैकर सुरेश देवकोटा, त्रि.विले २०७२ मा लिएको विएस डब्लु परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने प्रतिक्षा शर्मा र नेपालको शिक्षा र सीपको क्षेत्रमा क्रियाशील दावा लामालाई राष्ट्रिय युवा प्रतिभा सम्मान २०७२ पदकबाट सम्मानित गर्ने निर्णय पनि गरिएको गैरेले जानकारी दिए ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ